नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक रसको राजीनामा


नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिएका छन् । के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने उनले बताएका छन् ।

आठ महिनमा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो । रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो ।