कराते स्टार एरिका सम्मानित

कराते स्टार एरिका सम्मानित


नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङलाई सम्मान गरिएको छ । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले उनलाई सम्मान गरेका हुन् ।

मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्णपदक जितेकामा हौसलास्वरुप एरिकालाई नगद रु ५० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो ।

एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष एवं संयोजक विकास राजवाहकलगायतको उपस्थिति थियो ।

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।