झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई


झापाको शिवसताक्षीस्थित दूधे रङशालामा सोमबार (२४ कात्तिक) सम्पन्न एलभिडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतिस्पर्धी विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि कब्जा गरेको होे ।

उपाधिसँगै पुलिस क्लबले नगद रु १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजयी एपिएफ फुटबल क्लबले नगद रु पाँच लाख प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पुलिस क्लबकी मीना देउवाले हात पारेकी छन् । उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर रु २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै रु एक लाख ५० हजार प्राप्त गरिन् ।

प्लेयर अफ द म्याचको उपाधि पुलिस क्लबकी पूजा रानाले जितेकी छन् । यसैगरी, उत्कृष्ट गोलकिपर उषा नाथ ९पुलिस क्लब०, उत्कृष्ट डिफेन्डर मनमाया दमाई ९एपिएफ क्लब०, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी ९एपिएफ क्लब०, उत्कृष्ट फरवार्ड अनिता बस्नेत ९एपिएफ क्लब०, उत्कृष्ट प्रशिक्षक भोला सिलवाल ९पुलिस क्लब० र उदीयमान खेलाडी जेनिफर राना मगर ९त्रिभुवन आर्मी क्लब० बनेकी छन् । उत्कृष्ट विजेताहरुले जनही रु २५ हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, अन्तरराष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डे, झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतले वितरण गरेका थिए ।