✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शरद ऋतु वि.सं. २०८२ कार्तिक ३० गते तद्अनुसार सन् २०२५ नोभेम्बर १६ तारिख सोमबार मार्गशीर्ष कृष्ण पक्षको द्वादशी तिथि हस्ता नक्षत्र विषकुम्भ योग कौलव करण आनन्दादिमा मानस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ मा भयो र सूर्यास्त साँझ १७ः९ बजे हुनेछ ।
आजको राशिफल
मेष – राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नुका साथै मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । आम्दानी वृद्धि हुनुका साथै मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुनेछ । शिक्षा क्षेत्र पनि अनुकुल एवम् शुभदायी रहेको छ । सामाजिक काममा नेतृत्वदायी भूमिकामा खटिनुपर्ने योग छ । मित्रजनका साथ रमाइलो यात्राको सम्भावना छ ।
वृष – कामको सन्दर्भमा अलि प्रतिस्पर्धा गर्नुपरे पनि उच्च व्यक्तिहरूसँग भेटघाट हुने समय छ । । केही चुनौती देखापरे पनि शुभचिन्तकहरूले साथ दिनेछन् । कोशिस गर्दा केही अवसर मिल्न सक्छ । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिविवेकले राम्रो काम गर्नेछ । रोकिएको काम मिहिनेत बन्नेछ । आरोग्यबल बढ्नेछ, मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ ।
मिथुन – व्यावसायिक काममा राम्रै फाइदा हुने समय छ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने आँटे–गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । खर्च भने केही बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।
कर्कट – रोकिएका काम बन्नुका साथै दीगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् भने यात्रा मनोरञ्जनपूर्ण र फलदायी रहला । कामको जिम्मेवारी थपिन सक्छ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्नसक्ने योग रहेकोले विशेष सजगता अपनाउनुहोला । रचनात्मक कार्यमा मन जानेछ । कार्यगति बढ्नेछ ।
सिंह – नयाँ काम सुरु गर्न सकिने र श्रमको उचित मूल्य प्राप्त हुने समय छ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइने योग छ । कृषि तथा पशुपालनमा भने खर्च केही बढ्ने देखिन्छ । तथापि नियमित व्यवसायबाट धनलाभ हुनेछ । सन्तानसुख बढ्नेछ । मित्रजन सहयोगी बन्नेछन् । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
कन्या – चुनौतीयुक्त समय छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने सम्भावना रहेको विशेष सावधानी अपनाउनुहोला । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । नियमित काममा समेत केही चुनौती देखापर्नेछन् । स्वास्थ्य केही कमजोर रहन सक्छ । दौडधुप बढ्नेछ । खर्च नियन्त्रणको प्रयास गर्नुहोला ।
तुला – कर्मबल र सफलता वृद्धिको समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ भने अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । मित्र वर्गबाट साथ–सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । ऋण, रोग र शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
वृश्चिक – सामान्य प्रयासबाटै काममा सफलता मिल्ने र मिहेनतबाट अरूलाई आकर्षित गर्न सकिने समय छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कार्य पनि सजिलै पुरा हुनेछन् । व्यापारमा फाइदा हुनेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । मित्रजनले काममा सहयोग जुटाउनेछन् । पारिवारिक समस्याको समाधान मिल्नाले सुख वृद्धि हुनेछ । यात्रापरक काम बन्नेछ ।
धनु – मिश्रित फलदायी समय छ । सामाजिक प्रतिष्ठा मिल्ने तथा गरेका कामको प्रशंसा हुनेछ, तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने योग छ । कुनै महत्वपूर्ण निर्णय गलत ठाउँमा पर्न सक्छ । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुरÞ्याइ बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
मकर – अरूका काममा ज्यादा समय खर्चनुपर्ने दिन छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । शारीरिक कमजोरीका बाबजुद जिम्मेवारी भने बढ्ने देखिन्छ । पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । मिहेनतले यश–वर्चश्व वृद्धि गर्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
कुम्भ – नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि नियमित ब्यापार–व्यवसायबाट सोचेअनुसार लाभ हुनेछ । पहिलेका कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको मन फर्किने देखिन्छ । शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । आफन्तहरू टाढिन सक्छन् । बौद्धिक कार्यमा हैरानी बढ्न सक्छ । ब्यस्तता बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ ।
मीन – नयाँ काम सुरु गर्ने समय छ, तर आकस्मिक खर्च वृद्धिले अप्ठ्यारोमा पार्न सक्छ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग पनि छ । नियमित कामको चाप पनि बढ्न सक्छ । खर्चको मात्रा बढ्न सक्छ । सबल स्वास्थ्यको लागि खानपानमा विशेष सावधानी अपनाउनुपर्ला ।
प्रतिक्रिया