काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा साविक विजेता जनकपुर बोल्ट्सका ओपनर ब्याटर आशिफ शेख अर्धशतक हिर्काउने पहिलो खेलाडी बनेका छन् ।
उनले काठमाडौं गोर्खाजविरुद्धको पहिलो खेलमा नै अर्धशतक हिर्काएका हुन् । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय रङ्गशालामा आशिफले ३७ बलमा ६ चौका र एक छक्काको मद्दतमा अर्धशतक पूरा गरे । ४१ बल खेलेका शेख ५४ रनमा शाहब आलमको बलमा क्याच आउट भए ।
टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनायो । काठमाडौं अहिले जवाफी ब्याटिङमा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा आज (१ मङ्सिर)देखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
प्रतिक्रिया