✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष २ गते तद्अनुसार सन् २०२५ नोभेम्बर १८ तारिख मंगलबार मार्गशीर्ष शुक्ल पक्षको त्रयोदशी तिथि ७ः८ पर चतुर्दशी तिथि स्वाती नक्षत्र आयुष्मान योग भद्रा करण आनन्दादिमा ध्वज योग चन्द्रमा तुला राशिमा भ्ररणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ मा भयो र सूर्यास्त साँझ १७ः८ बजे हुनेछ । पशुपतिनाथमा मेला, त्रिवेणीहरूमा मेला ।
आजको राशिफल
मेष – चुनौती केही बढ्ने तथा ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सानातिना काममा अल्झनुपर्ने अवस्थाका साथै घरेलु समस्या देखापर्न सक्छ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च केही बढ्ने देखिन्छ । प्रतिकुलताका बाबजुद प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । साहस वृद्धि हुनेछ । कर्मबल र सन्तान पक्षबाट सुख बढ्नेछ ।
वृष – दीगो योजना प्रारम्भ गर्न सकिने दिन भएपनि आजको ज्यादा समय अरूकै काममा बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन्छ । चिताएको विशेष काम पूरा नहुनाले मन खिन्न रहला । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । तथापि, साझेदारीमा फाइदा हुने र आयआर्जनका स्रोत बढ्ने सम्भावना छ । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि होला ।
मिथुन – अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ने समय छ । विशेष प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । आजको दिन सवारीसाधनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनु हितकर होला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिनेछ । तार्किक क्षमता बढ्नेछ भने आरोग्यता रहनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कर्कट – बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले भने अप्ठ्यारोमा पार्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । भाग्यबल बढ्नेछ । मिठो भोजन प्राप्ति र यात्रागत कार्यमा सफलता मिल्नेछ । कठिन ठानिएको काम सजिलै बन्नाले उत्साह जागृत होला ।
सिंह – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । आर्थिक लाभ हुने काममा विशेष केन्द्रित भइएला । तथापि, डाह गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सावधानी अपनाइ व्यवहार गर्नुहोला । आजको दिन कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।
कन्या – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनुका साथै परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन पनि सुखमय बन्नेछ । परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनसक्छ, सजग रहनुहोला । विलासितामा मन जानेछ ।
तुला – मिश्रित फलदायी समय छ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने देखिन्छ । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्ने योग छ । अप्रिय समाचारले दुःखी बनाउला । आफन्त र मित्रजनको साथ मिल्नेछ ।
वृश्चिक – व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले काममा राम्रो साथ दिनेछन् भने गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । व्यापारमा राम्रै फाइदा हुनुका साथै आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर जुर्ला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
धनु – पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन्, साझेदारीको काम बन्नेछ । आजको दिन अनावश्यक भ्रमण हुन सक्छ, त्यसलई टार्नु हितकर होला । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, खानपानमा विशेष ध्यान दिनुहोला । सभा-समारोहमा मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
मकर – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइने र पहिलेको सफलताले थप हौसला जगाउने दिन छ । तर विद्यामा कमजोरी र लेनदेनमा विवादको सम्भावना रहेकोले विशेष सतर्कताको दरकार पर्नेछ । विगतका समस्या बल्झिन पनि सक्छन् । चिताएको काम समयमै सम्पादन नहुन सक्छ । व्यस्तता वृद्धि हुनेछ । आरोग्यबल बढ्नेछ । मित्रजनको साथ मिल्नेछ ।
कुम्भ – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । कामको चाप पनि कम भएको अनुभूति हुनेछ । आजको दिन नियमित खर्च भने केही बढ्ने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मीन – मेहनत गर्दा राम्रै हिसाबले धन आर्जन हुने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । मनमा कता–कता त्रासको अवस्था रहेपनि विभिन्न अवसरले पछ्याउनेछन् । साथीभाइको साथ मिल्नाले पराक्रम बढ्नेछ । स्वास्थ्य सबल रहनेछ । साहसिक काममा आकर्षण बढ्ला ।
प्रतिक्रिया