आजको पञ्चाङ्ग एवम् राशिफल (५ मङ्सिर २०८२ शुक्रबार, २१ नोभेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ मङ्सिर २०८२ शुक्रबार, २१ नोभेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४५ सिद्धार्थिनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष ५ गते तद्अनुसार सन् २०२५ नोभेम्बर २१ तारिख शुक्रबार मार्गशीर्ष शुक्ल पक्षको प्रतिपदा तिथि अनुराधा नक्षत्र अतिगण्ड योग बालव करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३० मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ ।

आजको राशिफल

मेष – साहसपूर्ण कार्य वा क्रियाकलापप्रति मन आकर्षित हुने समय छ । यात्रागत कार्यबाट धन आर्जन होला । रमाइलो भेटघाटको योग छ । आयबलका साथै यश-वर्चश्व बढ्नेछ । नियमित कर्म सन्तोषजनक रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

वृष – जोखिमयुक्त काममा मन जाने समय छ । सोचसमझ राखेर कदम अघि बढाउनु हितकर हुनेछ । कुनै विषयले खिन्नता पनि बढ्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनाले नियमित काममा जाँगर चल्नेछ । कर्मबल बढ्नेछ । सहयोगीजनको साथले रोकिएको काम बन्नेछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नुहोला ।

मिथुन – मध्यम खालको दिन छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । परिश्रमअनुसारको उपलब्धि पाइएला । छर-छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ । बौद्धिक कार्य लभदायी सावित हुनेछ । मित्रजनको साथ भने नमिल्नसक्छ, जटिल काम पनि आफ्नै बलबुतामा सम्पन्न गर्ने प्रयास गर्नु उचित हुनेछ ।

कर्कट – मिश्रित फलदायी समय छ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ । जोखिम र संघर्ष बढ्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । शारीरिक अस्वस्थताको सम्भावना छ, तर नियमित आम्दानीमा कमी आउने छैन । प्रतिकुलताका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।

सिंह – कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सामर्थ्य वृद्धि हुने समय छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरीतलिंगीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । कतैबाट सुखद खबर सुन्न्न पाइएला । दाम्पत्य सुख पनि बढ्नेछ ।

कन्या – परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । बोली र व्यवहारप्रति अत्यन्त सजग रहनुपर्नेछ, अन्यथा विवाद र झैझगडाको अवस्था पैदा हुन सक्छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । लेखन-प्रकाशनसित सम्बन्धित काममा आंशिक सफलता मिल्ने समय छ ।

तुला – तपाईंका हरेक कार्य-व्यवहारको प्रशंसा र कदर भइ प्रतिष्ठा बढ्ने समय छ । अध्ययन-अध्यापन एवम् व्यापार-व्यवसायमा पनि प्रगति हुने देखिन्छ । धन मान यश ऐश्वर्य प्राप्तिको योग छ । नोकरी तथा राजनीतिमा बर्चस्व बढाउन सकिएला । प्रेमभाव वृद्धि, आमोदप्रमोदो अवसर, मित्रजनको साथ-सहयोग मिल्नेछ । रोकिएको काम अघि बढ्नेछ ।

वृश्चिक – पराक्रम एवम् आत्मविश्वास जागृत भइ नयाँ काम र जिम्मेवारी हात पर्नसक्ने समय छ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । बौद्धिक एवम् रचनात्मक कार्यले प्रतिष्ठा दिलाउला । पारिवारिक समस्याको समाधान मिल्ने योग छ । मित्रजनको साथ–सहयोगले सुख वृद्धि गराउनेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि भइ यात्रापरक काम सर्थक रहनेछ ।

धनु – नियमित कार्यमा जागरुकता आउनुका साथै रोकिएका घरेलु कामकाज क्रमशः बन्ने समय छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइएला । ब्यापार-व्यवसायमा पनि फाइदा हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष सफलता मिल्ने योग छ । सभा-समारोहमा भएको उपस्थितिले मान-प्रतिष्ठा दिलाउला । बुद्धि-विवकेकको सही प्रयोगले जस्तोसुकै समस्याको समाधान हुनेछ ।

मकर – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुनसक्छ । स्वास्थ्य केही कमजोर रहेपनि सहयोगीजनका कारण नियमित कार्य सुचारु रहला । परिवारको साथले कर्मबल वृद्धिको अनुभूति हुनेछ । मित्रजनको साथ मिठो भोजन प्राप्तिको योग छ । शत्रुपक्ष कमजोर सावित हुनेछ ।

कुम्भ – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालन कार्यमा विशेष फाइदा होला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्नसक्ने योग छ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । यात्रा सुखद रहनेछ । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।

मीन – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । ऋण सापटी लिनदिन आजको दिन अनुकूल रहनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ । व्यवसायिक कार्यमा लगानी बढ्नेछ र त्यसको दूरगामी असर फाइदाजनक नै हुनेछ । समस्यामा साथीसंगीको सहयोग प्राप्त हुनेछ । आफन्तको साथले कार्यगति बढ्नेछ ।