आजको पञ्चाङ्ग एवम् राशिफल (६ मङ्सिर २०८२ शनिबार, २२ नोभेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ मङ्सिर २०८२ शनिबार, २२ नोभेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ ने.सं.११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष ६ गते तद्अनुसार सन् २०२५ नोभेम्बर २२ तारिख शनिबार मार्गशीर्ष शुक्ल पक्षको द्वितीया तिथि ज्येष्ठा नक्षत्र सुकर्म योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३१ मा भयो र सूर्यास्त साँझ १७ः७ बजे हुनेछ ।

आजको राशिफल

मेष – कर्मबल वृद्धि हुन वृद्धि हुने र साथीभाइले काममा सहयोग जुटाउने समय छ । विपरीतलिंगीहरूको माध्यमबाट विशेष लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । दोहोरÞ्याएर प्रयत्न गरे रोकिएका काम बन्नेछन् । परिवारिक भेटघाटले मन आनन्दित रहला । स्वास्थ्य सबल रहनेछ ।

वृष – विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनसक्ने समय छ । आफ्नाबाटै धोका मिलेको अनुभूति होला । अनायसै खर्च बढ्न पनि सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहने देखिन्छ । धनमाल हराउने, चोरी वा ठगीमा परिने योग रहेकोले सजगताको दरकार छ । सबल स्वास्थ्यका लागि सावधानी अपनाउनु हितकर होला ।

मिथुन – दौडधुप बढ्ने र आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । आशा देखाउनेहरूले फसाउन सक्छन् । अर्थअभावले काम रोकिने सम्भावना छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आजको दिन ठूला ब्यक्तिबाट मानसम्मान प्राप्त हुने योग पनि छ । मित्रहरूको साथ मिष्ठान्न भोजन प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने देखिन्छ ।

कर्कट – विशिष्ट व्यक्तित्वको सहयोगबाट विशेष अवसर मिल्ने समय छ । दिगो आम्दानी हुने काम सुरु हुनेछ । नसोचेको ठाउँबाट धनलाभ हुने योग छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । तथापि, परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजताको अनुभूति होला ।

सिंह – अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्ने समय छ । आर्थिक अभावले सताउन सक्छ । आजको दिन यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा विशेष सजगता अपनाउनु हितकर हुनेछ । पढाइलेखाइको काममा खासै मन नजाला । चुनौतीका बाबजुद सामर्थ्य बढ्नेछ । बौद्धिक एवम् रचनात्मक कार्यमा विशेष सफलताको योग छ ।

कन्या – आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सोचेको काम समयमा नबन्नाले असन्तोष बढ्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहला । नियमित जिम्मेवारीका कार्य पनि स्वभाविक ढङ्गले सम्पादन गर्न नसकिने देखिन्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । प्रतिकुलताका बाबजुद परोपकारको भाव वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ ।

तुला – मिश्रित फलदायी समय छ । तपाईंका कमी–कमजोरीप्रति मित्र एवम् आफन्तजनले टीका–टिप्पणी वा गुनासो गर्लान् । महत्वपूर्ण अवसर गुम्नसक्ने सम्भावना रहेकोले ध्यान दिएर कार्य गर्नुहोला । कठोर मेहनतले आंशिक सफलता दिलाउनेछ । सत्कार्यमा जुट्नाले पछिको लागि लाभ मिल्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोगले समस्या समाधान हुने योग छ ।

वृश्चिक – आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ने दिन छ । कीर्तिमानी काम सम्पादन गर्न सकिएला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा मन रमाउला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

धनु – उच्च महत्वाकांक्षाका साथै आत्मविश्वासका कारण सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । केही खर्च लागे पनि चिताएको काम बन्ने देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्ला । साथीभाइहरुबाट पनि फाइदा उठाउन सकिने योग छ । प्रतिद्वन्द्वीले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा लगनशीलताले दिलाउला । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रा मनोरञ्जनपूर्ण रहनेछ ।

मकर – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा आजको दिन मन खिन्न रहन सक्छ । अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुहोला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तथापि, विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । आरोग्यबल बढ्नेछ ।

कुम्भ – बौद्धिक रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति रहनेछ । तर, विशेष पदमा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुनसक्ने योग छ । कुनै नयाँ योजनामा अघि बढ्दै हुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा सजक रहनुहोला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । प्रेम वा दाम्पत्यजीवन सुखद रहनेछ ।

मीन – नयाँ काममा हात हाल्ने समय आएको छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा होला । आयबल वृद्धि हुनेछ भने विशेष उपहार हातलागी हुने सम्भावना छ । पढाइलेखाइमा पनि प्रगति हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ । गीतसंगीत र रसरागात्मक कक्रियाकलापमा विशेष आकर्षण रहला । यात्रागत कार्य सार्थक रहनेछ ।