आजको पञ्चाङ्ग एवम् राशिफल (७ मङ्सिर २०८२ आइतबार, २३ नोभेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ मङ्सिर २०८२ आइतबार, २३ नोभेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष ७ गते तद्अनुसार सन् २०२५ नोभेम्बर २३ तारिख आइतबार मार्गशीर्ष शुक्ल पक्षको तृतीया तिथि मूल नक्षत्र धृति योग वणि करण आनन्दादिमा सिद्धि योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३२ मा भयो र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन साहसिक काममा मन गएपनि सोचेअनुरुप काम नहुने र खर्च वृद्धिले गर्दा मन अशान्त रहन सक्छ । आर्थिक पक्ष खासै राम्रो छैन, नसोचेको या निरर्थक क्षेत्रमा पैसा खर्च हुने देखिन्छ, सजग रहनुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ, खानपानमा सचेतना अपनाउनु हितकर हुनेछ । भौतिक सरसामनको क्षति हुनुबाट बच्न सजगता अपनाउनुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ । यात्रागत कार्य गर्दैहुनुहुन्छ भने सफलता मिल्ने दिन छ ।

वृष – सामर्थ्य वृद्धि हुनुका साथैअथक मिहिनेतले रोकिएको काम बन्ने समय छ । बन्दैन भनेको काम पनि अथक प्रयासमा बन्ने देखिन्छ । आफन्त र सहयोगीजनको सहयोग पनि प्राप्त हुनेछ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आउन सक्छ, तर मानसिक तनावको अवस्था कायम रहने देखिन्छ । सुख-सुविधा वृद्धिका लागि गरिएको प्रयास पूरा नहुन सक्छ । बिहानीपख सुखको अनुभव होला तर बेलुकीपख काममा जाँगर नलाग्ने देखिन्छ । मित्रजनको जमघटमा मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – अध्ययन-अध्यापनमा खासै प्रगति नभएपनि शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । नचिताएको ठाउँबाट धनलाभ हुने देखिन्छ । आम्दानीका बाटाहरु खुल्नुका साथै ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने योग छ । व्यस्तता वृद्धि भएअनुसार काममा प्रगति देखिनेछ । मिठो भोजन प्राप्ति र सुख बढ्नेछ । गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कर्कट – अधुरा कामहरुले पूर्ण पाउने समय रहेकोले लगनशील भइ प्रयत्न गर्नु उचित हुनेछ । कुनै नयाँ कामको थालनी गर्नका लागि पनि सही समय छ । काम गर्न जाँगर चल्नाले धनको लाभ होला । सन्तान पक्षबाट सुखको अनुभुति हुनेछ । पारिवारिक कार्यमा सामान्य भएपनि आर्थिक समस्याले पनि सताउने सम्भावना छ, तर दायित्व पूरा गर्नुहुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । सानै कुराले विवाद वा झैझगडाको बिजारोपण हुनसक्ने सम्भावनाका कारण बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । मनमा डरले डेरा जमाउला, सावधान रहेर काम गर्नु उचित हुनेछ । मित्र एवम् आफन्तजनसँग सामान्य मनमुटाव हुनसक्छ । समयमा निर्णय नहुँदा महत्वपूर्ण काममा अवरोध आउने र चिन्ता बढ्ने योग छ । प्रतिकुलताका बाबजुद आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

कन्या – आरोग्यबल बढेपनि नियमित कार्य एवम् जागिरमा पनि खासै मन नजाने समय छ । तर, उन्नति–प्रगतिमा कुनै रोकावट हुनेछैन । केहीले सम्मान गर्ने र कतिपयले अनावश्यक डर देखाउने मिश्रित किसिमको दिन छ । समाजसेवा र राजनीतिमा आफ्नो वर्चश्व बढाउन सकिनेछ । आफन्तजनको साथ मिल्नेछ ।

तुला – सोचेका काम पूरा भइ सुखको अनुभव हुने समय छ । आज रुपैयाँपैसाको पनि कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । केही नयाँ कामको योजनामा हुनुहुन्छ भने, थालनीका लागि उचित दिन छ । धार्मिक एवम् सामाजिक कार्यमा सहभागी हुनाले मन रमाउला । दाम्पत्यजीवन सुखदायी रहनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । समग्रमा अनुकूलता वृद्धि भएको अनुभूति होला ।

वृश्चिक – नसोचेको ठाउँबाट आकस्मिक लाभ हुनसक्ने समय छ । मित्रमण्डलीसँग भेटघाट र उपयोगी छलफल होला । धनलाभको बाटो पत्ता लाग्ने योग छ । परिवारमा भने सामान्य विवाद हुनसक्छ, संयम व्यवहार गर्नु हितकर हुनेछ । कतै आकस्मिक निम्तोमा सहभागी हुनुपर्ने सम्भावना देखिन्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु उचित हुनेछ । यात्रापरक काम बन्नेछ ।

धनु – आजको दिन नियमित कार्यमा खासै जाँगर नचल्ने देखिन्छ । गरेका काममा बाधा पैदा भइ आर्थिक हानीसमेत हुनसक्छ, सावधानी अपनाउनुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । मौसमी परिवर्तनको प्रभावले आलश्यपनले सताउन सक्छ । खानपानमा पथ-परहेज गर्नु हितकर हुनेछ । बिचार पुऱ्याउनु होला । धर्मकर्म एवम् सामाजिक कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक तथा विवेकपूर्ण व्यवहारले समस्या पन्छाउन सकिनेछ ।

मकर – बुद्धिविवेकको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै परिश्रमअनुसार राम्रै उपलब्धि पाइएला । मिल्ने साथीसँगको भेटले मन रमाउनेछ । विपरीतलिंगीको साथ-सहयोग मिल्ने योग छ । लेनदेनको कारोबार गर्नका लागि सही समय छ । पाहुनाको आगमन सुखदायी रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमणादिमा रुचि बढ्नेछ ।

कुम्भ – पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा सफलता मिल्ने दिन छ । गरिएका परिश्रम खेर जानेछैन । अर्थलाभ र प्रगतिको यथेष्ट सम्भावना छ । चिताएको काममा सफलता पाइनेछ भने धनलाभ पनि हुने देखिन्छ । पुराना साथीसँगको भेटघाटले मन रमाउला । प्रेमभाव र आरोग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

मीन – मिश्रित फलदायी समय छ । अनौठो तरिकाबाट रुपैयाँपैसा कमाइएला । लाभदायक यात्राको सम्भावना छ । सामाजिक कार्यबाट सम्मान मिल्ने देखिन्छ । भौतिक सामान बिग्रेर कार्यमा रोकावट आउनसक्छ । परिवारमा हल्का विवाद हुन सक्छ । सामान्य चोटपटकको योग रहेकोले सावधानी अपनाउनु हितकर हुनेछ । आज रमाइलो यात्राको सम्भावना पनि रहेको छ । प्रेमभाव वृद्धि र साथीसंगीको सहयोग प्राप्त हुनेछ ।