✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष ८ गते तद्अनुसार सन् २०२५ नोभेम्बर २४ तारिख सोमबार मार्गशीर्ष शुक्ल पक्षको चतुर्थी तिथि पूर्वाषाढ़ा नक्षत्र पूर्वाषाढ़ा योग बव करण आनन्दादिमा उत्पात योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३३ मा र सूर्यास्त साँझ १७ः७ मा हुनेछ ।
आजको राशिफल
मेष – वादविवादमा परिने सम्भावना रहेकोले आजको दिन विचारलाई तौलेर मात्र व्यक्त गर्नु हितकर होला । छर-छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । अर्थ अभावको सम्भावना छ, जसले महत्वपूर्ण कार्यमा रोकावट आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने देखिन्छ । आरोग्यता रहनेछ ।
वृष – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुनसक्ने समय छ, तर चुनौतीहरू पन्छाउँदै रोकिएका कामसमेत सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्ने सम्भावनाप्रति सजग रहनु हितकर होला । रोकिएको काम मिहिनेतले बन्नेछ । मिठो भोजन प्राप्त होला । विपरीतलिंगीको साथ-सहयोग रहनेछ । आरोग्यबल बढ्नेछ । सुख-सुविधाको वस्तुमा खर्च बढ्ने योग रहेकोले योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मिथुन – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान दिनु हितकर होला । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्, ध्यान राख्नुहोला । मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । आयबल बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।
कर्कट – मिश्रित फलदायी समय छ । आँटेका काममा बाधा दिनेको सक्रियताका कारण अधिकारका लागि केही संघर्ष हुन सक्छ । फजुल खर्च पनि बढ्ने देखिन्छ । तथापि, कर्मबल बढ्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने योग छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ ।
सिंह – समय केही चुनौतीयुक्त रहला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् भने केही बाध्यतापूर्ण काममा जुट्नुपर्ला । स्वास्थ्य पनि केही कमजोर रहने सम्भावना छ, सजगता अपनाउनुहोला । स्वास्थ्यगत प्रतिकूलताका बाबजुद हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम पनि हिम्मतका साथ सम्पन्न हुँदा उत्साह जागृत हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ ।
कन्या – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय भएपनि कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । कार्य अधुरै रहेपनि आंशिक फाइदा नै हुने देखिन्छ । सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ला । खर्च केही बढ्ने योग छ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
तुला – विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रशन्नता मिल्ने देखिन्छ । प्रेमभाव एवम् सन्तानसुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । मनोरञ्जनात्मक यात्राको योग छ । अनुकूलता वृद्धि हुनेछ ।
वृश्चिक – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । परिवारजनको साथले उत्साह जगाउला । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी-कमजोरीलाई पनि सुधार गर्ने मौका जुर्ला । धन आर्जनको योग छ । तथापि, विशेष कामका सहयोगीहरू पछि हट्नसक्ने र प्रतिस्पर्धीहरूले सताउन सक्छन्, सजग रहनुहोला । प्रेमभावका साथै आँट वृद्धि हुनेछ ।
धनु – आजको दिन अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । अरूका काममा समय खर्चनुपर्ला । खानपानको असावधानीले स्वास्थ्य केही कमजोर बन्ने सम्भावना छ, सावधान रहनुहोला । प्रेमभाव बढ्नेछ । सभा-समारोहमा मान मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकताका साथै पराक्रम बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मकर – ब्यस्तता र कार्यबोझ केही बढेपनि मेहनतको फल प्राप्त हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ, सजग रही व्यवहार गर्नु उचित होला । अरूको मात्र भरपर्दा धोका मिल्नसक्छ । साथीभाइको सहयोगले कर्मबल बढ्ने देखिन्छ । रसरागमा आकर्षण रहनेछ ।
कुम्भ – विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । केही खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने योग छ । तथापि, अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहला ।
मीन – गरिएका कामको राम्रै मूल्यांकन हुनुका साथै चिताएअनुसार आर्थिक तथा भौतिक बस्तु लाभ हुने सम्भावना छ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । मित्रजनका साथ रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ, विशेषगरी विपरीतलिंगीको साथ रहने देखिन्छ । मान महत्व बढ्नेछ ।
प्रतिक्रिया