आजको पञ्चाङ्ग एवम् राशिफल (९ मङ्सिर २०८२ मंगलबार, २५ नोभेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ मङ्सिर २०८२ मंगलबार, २५ नोभेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष ९ गते तद्अनुसार सन् २०२५ नोभेम्बर २५ तारिख मंगलबार मार्गशीर्ष शुक्ल पक्षको पञ्चमी तिथि उत्तराषाढ़ा नक्षत्र गण्ड योग बव करण आनन्दादिमा मानस योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः३४ मा भयो र सूर्यास्त साँझ १७ः७ बजे हुनेछ । विवाहपञ्चमी, षडानन्द जयन्ती ।

आजको राशिफल

मेष – आजको दिन महत्वपूर्ण कार्यमा सफलता प्राप्त हुनेछ । नियमित काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनसक्ने योगका कारण आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुनेछ । सोचेकोे काम समयमै सम्पन्न हुन अतिरिक्त शक्ति खर्चनुपर्ला । सुख–सुविधाको वस्तु खरिदमा धन खर्च हुनसक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृष – दौडधुप बढेपनि परिवारजनका इच्छा पूरा गर्न सकिनेछ । कृषिक्षेत्रबाट लाभ लिन अलिक बढी नै परिश्रम र लगानी गर्नुपर्ला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । मातापितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ ।

मिथुन – आजको दिन विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । काम गर्नमा थप जांगर थपिने देखिन्छ । पैसो कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ । ब्यापार–व्यवसायमा फाइदाकै योग छ । दाम्पत्यसुख बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । साहस वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

कर्कट – दिन चुनौतीयुक्त रहने देखिन्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने देखिन्न । निरर्थक काममा श्रम लगाएर ब्यर्थै समयको नाश होला । मनमा उदासिनता बढ्ने सम्भावना छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय हुनेछन् । विश्वास गरेकाले धोका दिने सम्भावना रहेकोले सवधानी अपनाउनु उचित होला । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – बौद्धिक र रचनात्मक कार्य बन्ने समय भएपनि मनमा दुविधा रहन सक्छ । सामाजिक काममा नाम रहने छ, तर जागिरमा भने सजक रहनु उचित होला । स्वास्थ्यका दृष्टिकोणले दिन राम्रो छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । प्रेमभाव वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

कन्या – प्रेम र मित्रताको बन्धन कसिने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । महत्वपूर्ण काम बन्नाले मन रमाृउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । पराक्रम वृद्धि हुनेछ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आरोग्यबल बढ्ला । आफन्तको साथ मिल्नेछ ।

तुला – नसोचेको काम बन्ने र परोपकारको क्षेत्रमा मन आकर्षित हुने समय छ । मिष्ठान्न भोजनको अवसर आउनेछ भने मित्रजनहरूसंग पनि रमाइलो भेटघाट होला । व्यापारबाट राम्रै आम्दानी हुने देखिन्छ । मान–महत्व बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । अनुकूलता वृद्धि होला । इष्टमित्रको सहयोग प्राप्त भइ रोकिएको काममा सफलता मिल्नेछ ।

वृश्चिक – दिन केही चुनौतीयुक्त छ । महत्वपूर्ण कार्यहरू थाती राख्नु उचित हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाशको योग छ, सजग रहनुहोला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सबल स्वास्थ्यको लागि खानपानमा सचेत रहनुपर्नेछ । अनावश्यक झमेलाबाट जोगिने प्रयास गर्नुहोला । अति आवश्यक अवस्थामा बाहेक यात्रागत कार्य स्थगन गरेकै हितकारी हुनेछ ।

धनु – शुभदायी समय छ । महत्वपूर्ण व्यक्तिको साथ–सहयोगले धनजनमा वृद्धि हुने योग छ । मित्रजनबाट समर्थन पाइएला । ठुला ब्यक्तिसंगको भेटघाट फलदायी हुनसक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । सकारात्मक तर अनौठो खबर सुन्न पाइएला । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त होला ।

मकर – थाती रहेका कामहरू सम्पन्न हुनसक्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । आयआर्जन हुने दिन छ । सुखद यात्राको सम्भावना छ । डुबेको धन उठ्नसक्ने योग छ । आरोग्यता रहनेछ । कर्मबल बढ्नेछ । साथीभाइको सहयोग प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

कुम्भ – घरमा पाहुना आगमनको दिन छ । साथै रमाइलो यात्राको सम्भावना पनि रहेको छ । धनको लाभ होला, तर आज कुनै पनि नयाँ काम नथाल्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । रसरागका कार्यक्रममा आकर्षण रहनेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

मीन – सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा खास ध्यान राख्नुहोला । प्रेम सम्बन्धमा खटपन या चिसोपन पैदा हुनसक्छ । यात्रागत कार्य भने बन्ने दिन छ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।