प्रभु बैंकको अनियमिततामा गुण समूहका अध्यक्ष तानिए, राजेन्द्र शाक्य पक्राउ !

प्रभु बैंकको अनियमिततामा गुण समूहका अध्यक्ष तानिए, राजेन्द्र शाक्य पक्राउ !


गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई ललितपुरको भनिमण्डल एकान्तकुनाबाट व्यवसायी शाक्यलाई पक्राउ गरेको हो ।

सिआईबी स्रोतका अनुसार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पक्राउ गरी सो बैंकमा भएको अनियमितताबारे अनुसन्धान गरिरहेको अवस्थामा सोही अनुसन्धानका सिलसिलामा शाक्यलाई पनि पक्राउ गरिएको हो ।

ज्ञातव्य छ, सीआईबीले यसअघि प्रभु बैंकका सीईओ शेरचनसहित उच्च तहका तीन जनालाई पक्राउ गरेको थियो ।

रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यवसायिक भवनलगायतका क्षेत्रमा लगानी गरिरहहेको गुण समूहका अध्यक्ष पक्राउ परेबाट प्रभु बैंकमा भएको अनियमितताको दायरा ठुलै हुनसक्ने आँकलन गरिएको छ ।