बर्ली होम एप्लायन्सेजको ६ नयाँ गिजर मोडेल सार्वजनिक

बर्ली होम एप्लायन्सेजको ६ नयाँ गिजर मोडेल सार्वजनिक


गत वर्ष नेपालमा १७ एयर कूलर मोडेलको सफल लन्चपछि Burly Home Appliances ले आफ्नो उत्पादन लाइनअप विस्तार गर्दै Elegance र Elecia सिरिजका ६ नयाँ Storage Water Geyser नेपाली बजारमा प्रस्तुत गरेको छ। अत्याधुनिक German Technology, आकर्षक डिजाइन र घरेलु सुरक्षालाई ध्यानमा राखेर तयार गरिएका यी मोडेलहरू अब नेपालमा उपलब्ध छन् ।

नेपालमा Burly उत्पादनहरूको आधिकारिक इम्पोर्टर तथा सोल डिस्ट्रीब्युटर CG Electronics ले नयाँ मोडेलहरूको बिक्री तथा वितरण औपचारिक रूपमा सुरु भएको जनाएको छ ।

कम्पनीका प्रतिनिधिले भने, ‘नेपालमा एयर कूलरको सफलतापछि हामी अब गिजर श्रेणीमा प्रवेश गरेका छौँ। Elegance र Elecia सिरिजका मोडेलहरू सुरक्षा, दीगो प्रदर्शन र मूल्यका दृष्टिले नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्नेछन् ।’

नयाँ प्रस्तुत  Burly Geyser ले ग्राहकलाई Water Tank मा ७ वर्ष, Heating Element मा २ वर्ष र सम्पूर्ण Product मा २ वर्षको उत्तम वारन्टी सुविधा प्रदान गर्छदुई सिरिज अन्तर्गत ६ मोडेलमा उपलब्ध छन्।

 एलेगन्स (Elegance) सिरिज

आधुनिक डिजाइन, उच्च गुणस्तर हीटिङ र भरपर्दो निर्माणसहितका तीन मोडेलहरू—Elegance 10 Ltr, Elegance 15 Ltr र Elegance 25 Ltr मा उपलब्ध छ।

यसका मुख्य विशेषताहरू:

• Temperature Control Knob
• Shock & Water-Proof Design
• Energy Efficient Operation
• High Quality Heating Element
• Enamel-Coated Durable Water Tank
• German Technology Integrated
• आकर्षक मिनिमलिस्ट डिजाइन
• विश्वसनीय ‘Always at Home’ अनुभव

एलेसिया (Elecia) सिरिज

प्रीमियम रंगहरूको विकल्पसहित, आधुनिक डिजिटल इन्डिकेटर र अत्याधुनिक सुरक्षा सुविधायुक्त तीन मोडेलहरू- Elecia 25 Black, Elecia 25 Golden र Elecia 15 Golden -मा उपलब्ध छ।

यसका मुख्य विशेषताहरू:

  • Temperature Control Knob
  • Shock & Water-Proof Body
  • High-Efficiency Heating Element
  • Energy Saving Performance
  • Enamel-Coated Water Tank
  • German Technology आधारित संरचना
  • आधुनिक बाथरूम डिजाइनसँग मिल्ने प्रिमियम फिनिस
  • युजर–फ्रेन्डली फ्रन्ट कन्ट्रोल

Burly Home Appliances बारे

Burly Home Appliances एक द्रुत-गति विस्तार भइरहेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले कूलिङ, हीटिङ, किचेन र होम-कम्फर्ट श्रेणीका उत्पादहरूमा आधुनिक, दीगो र ऊर्जा-दक्ष समाधान प्रदान गर्छ । German Technology आधारित डिजाइन, प्रिमियम निर्माण र उपभोक्ता-मैत्री प्रदर्शनका कारण Burly दक्षिण एसियाली बजारमा छिट्टै लोकप्रिय बनेको छ। नेपाल Burly को लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै आएको छ, जहाँ उत्पादनहरू CG Electronics मार्फत मात्र उपलब्ध छन् ।

CG Electronics बारे

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको CG Electronics ले गुणस्तरीय उत्पाद, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौँ उपभोक्ताको विश्वास जितेको छ । देशभर २१ शोरुम, ४० सेवा केन्द्र तथा cgdigital.com.np मार्फत अनलाइन बिक्री सुविधा प्रदान गर्दै कम्पनीले उपभोक्ता सेवालाई अझ सहज बनाएको छ।