सानिमा बैंक लालबन्दी शाखाद्वारा छात्रवृत्ति प्रदान

सानिमा बैंक लालबन्दी शाखाद्वारा छात्रवृत्ति प्रदान


सानिमा बैंक लालबन्दी शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाही जिल्लाका दुई जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विभिन्न निकायका प्रतिष्ठित व्यक्तिहरू सम्मिलित छनौट समितिद्वारा छानिएका सुश्री युनिका काफ्ले र सुश्री सोनी भुजेललाई छात्रवृत्ति प्रदान गरिएको हो

उक्त छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति रु. २,००० (प्रति महिना) गरी प्रत्येक विद्यार्थीलाई ५० हजारसम्मको छात्रवृत्ति प्रदान गरिने सानिमा बैंक लालबन्दी शाखाका शाखा प्रवन्धक प्रितम त्रिपाठीले जानकारी दिएका छन् ।

सानिमा बंैकको २१औं वार्षिकोत्सवको अवसरमा लालवन्दी शाखामा आयोजित समारोहमा लालवन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीबाट लाभान्वित विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति हस्तान्तरण गरिएको छ । यस्ता कार्यक्रमबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरु लाभान्वित भएको र बैंकको शैक्षिक विकासमा उच्च योगदान रहेको भन्दै मेयर अधिकारीले खुशी व्यक्त गरेका छन् ।

ज्ञातव्य छ, सानिमा बैंकले गत २०६८/६९ देखि काठमाडौं उपत्यकाबाहिर रहेका प्रत्येक शाखाबाट ११ र १२ पढ्नका लागि २-२ जना विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।