एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै

एनपिएल : एलिमिनेटरमा काठमाडौं र लुम्बिनी भिड्दै


त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज (२४ मङ्सिर) अपराह्न ४ः०० बजे काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

काठमाडौं तेस्रो र लुम्बिनी चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको थियो ।