दूतावासकाे गम्भीर ध्यानाकर्षण

दूतावासकाे गम्भीर ध्यानाकर्षण


p-release2लन्डन । बितेका केही दिनबाट बेलायतस्थित अनलाइन पत्रपत्रिकाहरूमा भूकम्प पीडित नेपाली विद्यार्थीहरूलार्इ अस्थायी भीसा दिलाउन बेलायतस्थित नेपाली दूतावासले प्रत्यक्ष पहल गर्ने भन्ने बारेकाे समाचारलार्इ केही पत्रकारहरूलगायत विभिन्न व्यक्तित्वहरूले सामाजिक संजालमार्फत सार्वजनिक गरेका थिए । साेही समाचारलार्इ अाधार मानेर भ्रममा नपर्नकाे लागि विशेष गरी दूतावासले वक्तव्य निकालेरै सर्वसाधारणाहरूमा सचेत गराएकाे छ । वक्तव्यमा भनिएकाे छ …नेपालमा गएकाे भूकम्पमा पीडित हुनेहरूका लागि सहयाेग जुटाउने सन्दर्भमा बेलायतस्थित विभिन्न सरकारी अधिकारीहरूसँग कुराकानी, छलफल र भेटघाट भइरहेकाे भए तापनि दूतावासले भीसाकाे लागि सहयाेग गर्ने भन्ने समाचारमा कुनै सत्यता नरहेकाे स्पष्ट पार्दछाैं । अगाडि भनेकाे छ …भीसासम्वन्धी अन्तिम निर्(य गर्ने अधिकार बेलायत सरकारमा मात्र निहित हुने र भूकम्प पीडित विद्यार्थीले बेलायत सरकारकाे अध्यागमनसम्वन्धी वेवसाइटमा अाफूले अध्ययन गर्न चाहेकाे संस्था तथा अध्यागमनसम्वन्धी कानूनविदहरूसँग सम्पर्क राख्न दूतावासले अाग्रह गरेकाे छ ।
p-release2