✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ मार्गशीर्ष २५ गते तद्अनुसार सन् २०२५ डिसेम्बर ११ तारिख गुरूवार पौष कृष्णपक्षको सप्तमी तिथि मघा नक्षत्र ८ः२० पर पूर्वाफाल्गुणी नक्षत्र विषकुम्भ योग भद्रा करण आनन्दादिमा मुशल योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४६ मा भयो र सूर्यास्त साँझ १७ः८ मा हुनेछ ।
आजको राशिफल
मेष – आफन्त र मित्रजनबाट सहयोग तथा हौसला मिल्ने समय छ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । लाभका कार्यमा दौडधुप वृद्धि हुनेछ । उन्नति पदोन्नतिको योग छ । यश–वर्चश्व बढ्नेछ ।
वृष – नयाँ कामको प्रस्ताव आउने तथा विगतको सफलताले थप काम गर्न हौसला मिल्ने समय छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ । मनोरन्जनमा अधिकांश समय ब्यतीत भएर जाने देखिन्छ । मनोरञ्जनपूर्ण यात्राको सम्भावना छ । वित्तादि लाभ पनि प्राप्त होला । दाम्पत्यसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सफलताका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मिथुन – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । ब्यापार ब्यवसायमा फाइदा हुनुका साथै गरिँदै आएको काममा थप जाँगर पलाएर आउनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रै लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आरोग्यबल बढ्नेछ । बौद्धिक तथा रचनात्मक कार्यमा मन जानेछ । कुनैपनि समस्यामा साथीभाइको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – मिश्रित फलदायी दिन छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने र बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । सकारात्मक परिणामका लागि व्यस्तता बढ्ने देखिन्छ । तथापि, श्रमको समुचित मूल्यांकन नहुन सक्छ, नियमित आम्दानीमा पनि बाधा पुग्ने योग छ, सावधान रहनुहोला । केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । आजको दिन अनावश्यक यात्राबाट जोगिनु उपयुक्त हुनेछ ।
सिंह – केही चुनौती बढ्ने र सानातिना काममा समय बित्ने दिन रहेको छ । कामका लागि गरिएको भ्रमणमा समय मात्रै बित्न सक्छ । नसोचिएका समस्या थपिन सक्छन्, सजग र संयम रहनु हितकर होला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । चुनौतीका बाबजुद जटिल काम सम्पादन हुनसक्ने योग छ । जमिनसम्बन्धी व्यवसायमा विशेष फाइदा उठाउन सकिनेछ ।
कन्या – सुखदायी दिन छ । परोपकारजन्य क्रियाकलापमा मन जानुका साथै मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । तीर्थाटनको अवसर प्राप्त हुने देखिन्छ । बोली र व्यक्तित्वको प्रभावले प्रशंसकहरू बढ्नेछन् । नियमित कार्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । पराक्रम वृद्धिका साथै उन्नति पदोन्नति हुने देखिन्छ । आरोग्यबल बढ्ला । सुख विलासको अवस्था रहने योग छ ।
तुला – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । शरीर उत्साहित र उमङ्गित रहने देखिन्छ । स्वास्थ्य सबल रहनेछ । तथापि, परिवारमै असमझदारी बढ्न सक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने र कामले धेरैको मन लोभ्याउन सकिने समय भएपनि आँटेको महत्वपूर्ण काम समयमा पूरा नहुन सक्छ । पढाइलेखाइमा त्यत्ति मन नजाला । धेरै लगानीपछि कम प्रतिफल पाइने योग छ । चोरी वा ठगीमा परिने सम्भावना रहेकोले सजग रहनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
धनु – काम बिग्रने डरले सताएपनि एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । पठन–पाठनमा प्रगति हुनुका साथै गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउला । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । रोकिएको काम अघिबढ्ने योग छ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
मकर – आजको दिन पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । पराक्रम वृद्धिले शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता तथा रचनात्मकता बढ्नाले जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरै बसेर विभिन्न काम सम्पादन गर्न सकिएला । हाँसखेल तथा मनोरञ्जनमा समय बित्ने योग छ । खेलकुद, भ्रमण एवम् रसरागमा आकर्षण बढ्नेछ । अरूका विषयमा चासो लिँदा विवादमा परिने सम्भावनाप्रति सजग रहनुहोला ।
कुम्भ – अनावश्यक दौडधुपमा समय बित्ने सम्भावना छ, योजना बनाएर मात्र कार्यफाँटमा उत्रनु उचित होला । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइने योग छ । तपाईंको अधिकारक्षेत्रभित्रका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने देखिन्छ । सरकारी कडिकडाउको सिकार भइने सम्भावनामाथि विचार गर्दै संयमपूर्ण व्यवहार गर्नु हितकर हुनेछ ।
मीन – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइनेछ भने बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नु हितकर होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । प्रतिकुलतामा पनि आत्मीयजनसँग भेटघाट हुनाले मन प्रशस्नन रहन सक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
प्रतिक्रिया