विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओ (KENT Mineral RO) ले आईसीसी टी-२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘Match Ready with Pure Water’ नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले ८ फेब्रुअरी, २०२६ मा मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपालविरुद्ध इंग्ल्याण्डको आईसीसी टी–२० विश्वकप खेलको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । साथै, भाग्यशाली विजेताले ४ रात ५ दिनको मुम्बई भ्रमण प्याकेजसमेत जित्ने अवसर पाउनेछन् ।
केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि ‘Most Trusted Brand in Nepal’को रूपमा स्थापित छ। अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।
यस योजनामा सहभागी हुनका लागि ग्राहकले Kent [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी घज्ञण्ण्घ नम्बरमा एसएमएस पठाउनु पर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुने र सर्त तथा नियमहरू लागू हुने कम्पनीले स्पष्ट पारेको छ । यससम्बन्धी थप जानकारी आधिकारिक सामाजिक सञ्जाल, डिलर तथा वेबसाइटमार्फत लिन सकिने बताइएको छ।
प्रतिक्रिया