नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा केही बेरअघि मतदान सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलका अनुसार ३६ जना मतदानमा अनुस्थित भए । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि मतदाता थिए ।
आज (३ पुस) बिहान ८ः०० बजेदेखि मतगणना प्रक्रिया शुरु गरिएको र मतगणना भएको तीन घण्टाभित्र परिमाण आउने पोखरेलको भनाइ छ ।
एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहान ९ः१२ बजेदेखि मतदान सुरू भएको थियो । ३०१ केन्द्रीय सदस्यीय लागि करिब ६४२ जनाको उम्मेदवारी परेको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा गरिएको थियो भने मतदानका लागि २२ घण्टा समय लागेको थियो ।
photo: rss
प्रतिक्रिया