एमालेको अध्यक्षमा तेस्रोपटक केपी ओली निर्वाचित

एमालेको अध्यक्षमा तेस्रोपटक केपी ओली निर्वाचित


नेकपा एमालेको अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । प्रतिष्पर्धी ईश्वर पोखरेललाई प्राप्त ५६४ मतका विरुद्ध १६६३ मत हासिल गरी ओली तेस्रोपटक एमालेको अध्यक्ष निर्वाचित भएका हुन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङ १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।

त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भएका छन् भने उनको प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भएका छन् भने सचिवमा सचिवमा केपी ओलीको प्यानल नै विजयी भएको छ । ९ जना सचिवमा सबैभन्दा बढी १५४४ मत महेश बस्नेतले ल्याएका छन् । विजयी सचिवहरुमा बस्नेतका अलावा पद्माकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल रहेका छन् ।