आजको पञ्चाङ्ग एवम् राशिफल (५ पुष २०८२ शनिबार, २० डिसेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (५ पुष २०८२ शनिबार, २० डिसेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पौष ५ गते तद्अनुसार सन् २०२५ डिसेम्बर २० तारिख शनिबार पौष शुक्ल पक्षको प्रतिपदा तिथि मूल नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५१ मा र सूर्यास्त साँझ १७ः११ मा हुनेछ । तोललोसार ।

आजको राशिफल

मेष – प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्नुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइने दिन छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । आर्थिक लाभ प्राप्तिको योग छ । सहयोगीहरूले साथ दिनेछन् भने प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । साहसिक कर्ममा आकर्षण रहनेछ ।

वृष – रोकिएका काम सम्पादन हुनसक्ने दिन भएपनि बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । परोपकार र धार्मिक क्षेत्रमा मन लगाउनु उचित हुनेछ । कसैसँग सामान्य विवाद हुन सक्छ । सवारी साधनको प्रयोगमा आजको दिन विशेष सजगता अपनाउनुहोला । आरोग्यबल बढ्नुका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

मिथुन – परोपकारी कार्यमा मन जानुका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । ब्यस्तता बढ्नेछ तर महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । कतै लाभदायी यात्रा गर्नुछ भने उचित दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । मित्रजनको साथ मिठो भोजन प्राप्त हुने योग छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजताको अनुभूति होला ।

कर्कट – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र नियमित काममा पनि फाइदाको योग छ । उद्यम–परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ–सहयोग प्राप्त हुने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

सिंह – दिन शुभदायी एवम् उत्साहपूर्ण रहला । प्रतिभाको कदर हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले सकारात्मक प्रभाव पार्न सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कार्यमा गरिएको प्रयासको ठोस परिणाम देखापर्नेछ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुने देखिन्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । कुनैपनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ ।

कन्या – परिस्थितिले अप्ठ्यारो सिर्जना गरेपनि हिम्मतले काम लिन सकिने समय छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि नयाँ काम र जिम्मेवारी हातपार्ने मौका जुर्ला । आर्थिक पक्ष सबल छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा केही समय खर्च हुनसक्छ । सुख–सुविधाको वस्तु खरिदमा खर्च बढ्नेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

तुला – केही चुनौतीको अवस्था ब्यहोर्नुपरे पनि आजको दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ । सानातिना घरेलु कार्यमा ज्यादा समय व्यतीत भएपनि त्यसबाट लाभ नै मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै आफन्त एवम् मित्रजनको साथ प्राप्त हुने योग छ । लेखन सिर्जनामा मन जाला । सन्तान पक्षको प्रगतिको खबर सुन्न पाइनेछ । इष्टमित्र सहयोगी बनेर देखापर्लान् ।

वृश्चिक – आजको दिन उतारचढावयुक्त रहने देखिन्छ । व्यवसायमा ठिकै छ, सामान्य आम्दानी भइरहनेछ । अप्ठ्यारा परिस्थितिको सामना गर्नुपरे पनि आर्थिक पक्ष सुदृढ रहनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । अनावश्यक यात्रा नगर्नु उचित हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा भने विजय प्राप्त हुने योग छ । हितैषी ठानिएको व्यक्तिको व्यवहारले आशङ्का जन्माउन सक्छ, ध्यान राख्नुहोला ।

धनु – परोपकार तथा सामाजिक कार्यमा आकर्षण बढ्ने समय छ । बौद्धिकता तथा रचनात्मकता बढ्ला । व्यावसायिक यात्राको सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । इष्टमित्रकहाँ आतिथ्यपूर्ण सम्मान पाइनेछ । पतिपत्नीमा अविश्वासको अवस्था पैदा भएपनि प्रेम सम्बन्ध कसिने योग छ । नियमित कार्यमा पारिवारिक सहयोग रहनेछ । पराक्रम बढ्नाले समस्याको समाधान प्राप्त हुनेछ ।

मकर – कर्मबल वृद्धि हुनुका साथै भूमि तथा मातृधनबाट लाभ लिने समय छ । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले आजको दिन बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । सकभर मौन रहने प्रयास गर्नुहोला । नसोचेको स्थानबाट धनागमनको संकेत छ । रसरागमा आकर्षण रहनेछ । समष्टिगत रूपमा आजको समय अनुकुल नै रहने देखिन्छ ।

कुम्भ – लामो समयदेखि रोकिएको काम बन्ने र गरिआएका काम तथा व्यापार–व्यवसायमा राम्रै फाइदा हुने समय छ । उत्साह र उमङ्गको अनुभूति होला । स्वअधिकार सुरक्षा गर्न जुट्नुपर्ने देखिन्छ, तर शत्रुमाथि विजय प्राप्त हुनेछ । शोख पूरा गर्नमा केही खर्च बढ्न सक्छ । स्वास्थ्य सबल रहनेछ । पारिवारिक वातावरण अनुकूल रहनाले उत्साह बढ्नेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

मीन – शत्रु र रोगबाट छुटकारा मिल्ने एवम् मुद्दा–मामिलामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नसक्ने देखिन्छ । सामाजिक कार्यले प्रतिष्ठा दिलाउने योग छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धैर्यले काम लिने प्रयास गरे प्रगतिको दर बढ्नेछ । यात्रागत कार्य सार्थक रहनेछ । साथीभाइ सहयोगी बनेर देखापर्लान् । समयको सदुपयोग गरी मौकाको फाइदा लिने प्रयास गर्नुहोला ।