आजको पञ्चाङ्ग एवम् राशिफल (७ पुष २०८२ सोमबार, २२ डिसेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ पुष २०८२ सोमबार, २२ डिसेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पौष ७ गते तद्अनुसार सन् २०२५ डिसेम्बर २२ तारिख सोमबार पौष शुक्ल पक्षको द्वितीया तिथि ९ः५१ पर तृतीया तिथि उत्तराषाढ़ा नक्षत्र ध्रुव योग तैतिल करण आनन्दादिमा मृत्यु योग चन्द्रमा धनु राशिमा ९ः५४ बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५२ मा र सूर्यास्त साँझ १७ः१२ बजे हुनेछ ।

आजको राशिफल

मेष – भौतिक साधन जुट्नेछन् भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । कृषि तथा पशु व्यवसायबाट विशेष लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । प्राकृतिक पर्यावरणमा रमाउने योग छ । आरोग्यबल बढ्नेछ । नियमित खर्चमा केही वृद्धि हुने देखिन्छ । मित्रजनका साथ मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ ।

वृष – रोकिएको काम बन्ने समय छ । आयवृद्धिका साथै ब्यापार–व्यवसायमा रहनेका लागि दिन विशेष अनुकुल छ । व्यवसायका लागि यात्रा पनि हुन सक्छ । दाम्पत्यजीवन सुखद रहनुका साथै प्रेम सम्बन्धमा पनि प्रगाढता आउनेछ । जस्तोसुकै कठिन कार्य भएपनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने योग छ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

मिथुन – मिश्रित फलदायी समय छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । स्वास्थ्यसम्बन्धी केही समस्याको अनुभूति होला । नियमित कार्यमा सहयोगीहरूले हात झिक्नाले समस्या थपिने योग छ । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना भएकोले संयमपूर्ण व्यवहार अपेक्षित छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

कर्कट – आयआर्जन बढ्नुका साथै फसेको रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढाउला । महत्वपूर्ण कामको सुरुवात गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु हितकर हुनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्ने योग छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

सिंह – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । तार्किक क्षमता बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । नयाँ सवारी साधन प्राप्तिको योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

कन्या – बोलीको प्रभाव बढ्ने तथा विभिन्न अवसरले पछ्याउने समय छ । नियमित कार्यमा पनि राम्रै फाइदा होला । गुरुजनको विशेष सहयोग जुट्नेछ । अप्रत्यासित धनलाभ होला । रसरागमा आकर्षण तथा दाम्पत्यसुख मिल्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । जस्तोसुकै समस्याको समाधान मिल्ने योग छ ।

तुला – पुरानो समस्याले केही झमेला आइलाग्न सक्ने समय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । दाम्पत्य सम्बन्धमा पनि केही चिसोपन आउन सक्छ । तथापि, दीगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यता रहला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृश्चिक – पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् भने आफन्तसुख मिल्नेछ । विशेष सभा–समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । रोग र शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । यात्रापरक काम बन्नेछ । आजको दिन नयाँ कामको सुरुवात भने खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ । नियमित कार्यमा ध्यान दिनु हितकर हुनेछ ।

धनु – शुभदायी समय छ । सानातिना समस्या आइपरे पनि दिन मनोरञ्जनपूर्ण रहला । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रेमभाव वृद्धि हुनेछ । मित्रजनको साथ भ्रमणको आनन्द पाइने योग छ । मान पुरस्कार प्राप्त हुनेछ ।

मकर – नियमित कार्यमा केही ब्यस्तता बढेपनि आजको दिन सुखदायी नै रहला । अध्ययन–अध्यापनमा प्रगतिका साथै नयाँ ज्ञानप्राप्तिको मौका जुर्नेछ । आत्मीयजनसँग भेटघाट होला । साजसज्जा तथा वागबगैंचासम्बन्धी काममा विशेष आकर्षण रहनेछ । रमाइलो यात्रा एवम् स्वादिष्ट भोजनको आनन्द मिल्ने योग छ । सन्तान पक्षबाट सुख वृद्धि र परिवारजनसँग आत्मीयता बढ्नेछ । साथीसंगीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – केही चुनौतीयुक्त समय छ । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । कामका कतिपय अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रही कदम चाल्नुहोला । प्रतिकुलताका बाबजुद व्यापारमा राम्रै फाइदा हुने योग छ । पराक्रम वृद्धि हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक काममा विशेष सफलता मिल्नेछ ।

मीन – प्रतिभा देखाएर अवसर हातपार्न सकिने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घरमै बसेर विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने योग परेकोले विशेष योजनाहरूको शुरुवात गर्नु उचित हुनेछ । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । साथीभाइको सहयोगले कार्यगति बढ्नेछ ।