आजको पञ्चाङ्ग एवम् राशिफल (९ पुष २०८२ बुधबार, २४ डिसेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ पुष २०८२ बुधबार, २४ डिसेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धसर्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पौष ९ गते तद्अनुसार सन् २०२५ डिसेम्बर २४ तारिख बुधबार पौष शुक्ल पक्षको चतुर्थी तिथि ११ः०१ पर पञ्चमी तिथि धनिष्ठा नक्षत्र हर्षण योग बव करण आनन्दादिमा मित्र योग चन्द्रमा मकर राशिमा १८ः१५ बजेसम्म त्यसपछि कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा भयो र सूर्यास्त साँझ १७ः१३ मा हुनेछ ।

आजको राशिफल

मेष – प्रतिकुलताहरू चिर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । बिस्तारै कामहरु बन्न थाल्नेछन् । स्वास्थ्य पनि सबल रहनेछ । पढाइलेखाइ एवम् सिर्जनात्मक कार्यमा मन जाला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु उचित हुनेछ । व्यावसायिक काममा बाधा देखापरे पनि विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ । आफन्त एवम् मित्रजनको साथले उत्साह बढ्नेछ ।

वृष – रोकिएको काम मेहनतले अघि बढ्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । धनलाभका साथै प्रेमको प्रसङ्ग सुखद रहने योग छ । जोश, जाँगर र उत्साह–उमंग देखापर्नेछ । आफूभन्दा विशिष्ट ब्यक्तिको सल्लाहअनुसार चल्ने प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यबल बढ्नेछ भने शत्रुलाई जित्ने क्षमता अभिवृद्धि होला ।

मिथुन – कर्मबल वृद्धिका साथै आर्थिक क्षेत्रमा विशेष प्रगति हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयासलाई जारी राख्नु लाभकारी होला । गरिआएको कामबाट विशेष उपलब्धि प्राप्त हुने तथा धनलाभको योग छ । प्रेमसम्बन्धमा समस्या देखापर्न सक्छ, सजग रहनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा भने सफलता मिल्नेछ ।

कर्कट – केही चुनौतीयुक्त समय छ । स्वास्थ्य कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आजको दिन नगर्नु उचित होला । इच्छाविपरीत बाध्यताका काममा जुट्नुपर्ने सम्भावना छ । धेरै बोल्ने बानीले दुःख पाइएला, बोली र व्यवहारमा नियन्त्रण राख्ने प्रयास गर्नु हितकर होला । मित्रजनको साथले यात्रागत कार्य सार्थक बन्ने देखिन्छ ।

सिंह – अधुरा काम बन्ने तथा नयाँ काम पाइने समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा होला । नोकरीमा ब्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । प्रतिस्पर्धाको दौडमा विजयी बनिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्यामा आफन्तजन सहयोगी बन्नेछन् । लेखन–प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्ने र साझेदारीको काम बन्ने योग छ ।

कन्या – आजको दिन सोचेअनुसार काम बन्न कठिन पर्ने देखिन्छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनको खराबीले लक्ष्यप्राप्तिमा बिघ्न पैदा गर्न सक्छ । अनपेक्षित रूपले खर्च बढ्ने योग छ । कामकै पछि लागे पनि नियमित कार्यमा अलमल बढ्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्यमा भने आंशिक सफलता प्राप्त होला । निकटका अफन्तजनको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

तुला – आर्थिक पक्षमा सफलता मिल्नुका साथै आत्मीय मित्रसंगको भेटले मन रमाउने समय छ । रोकिएका कामहरु बन्न थाल्नाले उत्साह वृद्धि होला । बौद्धिक क्रियाकलाप वृद्धि र त्यसले लाभ दिलाउने देखिन्छ । सामथ्र्य वृद्धि र शत्रुपक्ष परास्त हुनेछ । सुख-सुविधाको वस्तुमा लगानी होला । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

वृश्चिक – धैर्यधारण गरी परिश्रम गर्नेका लागि आजको दिन विशेष फलदायी रहनेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । रसरागमा आकर्षण बढ्नेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । अधुरो काम सम्पन्न हुने देखिन्छ । धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । पैतृक सम्पतिबाट लाभ हुनुका साथै सन्तान पक्षबाट पनि सुख मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

धनु – मिश्रित फलदायी दिन छ । काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ । जगिरमा पनि समस्या आउन सक्छ, सजग रहनुहोला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । सन्तान पक्षबाट भने सुख र प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । विपरीतलिंगीको सहयोग मिल्ने योग छ ।

मकर – सहयोगको आशा देखाउनेले धोका दिन सक्ने सम्भावना रहेकोले आजको दिन विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ तर केही विवादमा परिने योग छ । बोली र ब्यवहारमा संयमता राख्नु हितकर हुनेछ । जथाभावी खर्च नियन्त्रणको प्रयात्न गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुपर्नेछ । खर्च केही बढेपनि दिन मनोरञ्जनपूर्ण नै रहनेछ ।

कुम्भ – यश-वर्चश्व बढ्ने र विरोधिले पनि तारिफ गर्ने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु सार्थक रहनेछन् भने दीगो फाइदा हुने काम सुरु हुन सक्छ । मनमा सही विचार आउनाले दिन उत्साहजनक रहनेछ । पराक्रम वृद्धि र पारिवारिक समस्याको समाधान हुने देखिन्छ । यात्रागत कार्य सार्थक रहनेछ ।

मीन – शुभदायी समय छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ भने नवीन रोजगारीको सम्भावना छ । बौद्धिक क्षेत्रमा सफलता प्राप्त होला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ, यात्रागत कार्यमा भने जोगिएर काम गर्नु उचित होला । कतै आतिथ्यपूर्ण सम्मान पाइने योग छ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।