आजको पञ्चाङ्ग एवम् राशिफल (१० पुष २०८२ बिहीबार, २५ डिसेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० पुष २०८२ बिहीबार, २५ डिसेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धसर्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पौष १० गते तद्अनुसार सन् २०२५ डिसेम्बर २५ तारिख पौष शुक्ल पक्षको पञ्चमी तिथि १०ः५० पर षष्ठी तिथि शतभिषा नक्षत्र वज्र योग कौलव करण आनन्दादिमा बज्र योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा भयो र सूर्यास्त साँझ १७ः१४ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन खासै उत्साहजनक नरहला । अनावश्यक डरले सताउन सक्छ । मित्रजन पनि असहयोगी बनेको आभास होला । कसैसँग हल्का मनमुटाव हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहनसक्छ । चोटपटकबाट बच्न विशेष सजगताको खाँचो छ । कुनै महत्वपूर्ण काम गर्दैहुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ ।

वृष – सामाजिक सम्मान मिल्ने समय छ । आर्थिक उपार्जनको दृष्टिले पनि आजको दिन शुभदायी छ । रमणीय र सुखद यात्रा हुनसक्छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्ला । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । खेलकुद एवम् रसरागमा आकर्षण रहला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

मिथुन – विवेकपूर्ण अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ भने ब्यस्तता वृद्धि भएपनि आम्दानीका स्रोत बढ्ने योग छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । मिठो भोजन प्राप्तिका साथै सुख वृद्धि हुनेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – आर्थिक आर्जनको समय छ । अनौठो तरिकाबाट धनलाभ हुने देखिन्छ । चिताएको काममा सहजताका साथ सफलता मिल्ने योग छ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् । पुराना साथीसँगको भेटघाटले मन रमाउने छ । परिवारबाट सुखको अनुभूति होला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – सोचेका काम पूरा भइ सुखको अनुभव हुने दिन छ । पराक्रम वृद्धि हुनुका साथै आर्थिक कारोबार राम्रै होला । परिवारजनको साथले नयाँ आशा पलाउने छ । रसरागमा आकर्षण रहनेछ । दाम्पत्यसुखमा रमाउने योग छ । परोपकारमा मन जाला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कन्या – पारिवारिक सुख मिल्नुका साथै नियमित कार्यमा प्रगति हुने समय छ । आजको दिन सहयोगीहरूले विशेष साथ दिनेछन् र सोचेजस्तै सफलता मिल्नेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । कृषिकर्म र व्यावसायिक काममा फाइदा नै मिल्ने देखिन्छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्छ । आरोग्यबल वृद्धि हुनेछ भने रसरागमा आकर्षण रहला ।

तुला – पराक्रम वृद्धि हुने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । जागिरमा खासै मन नगएपनि धन–मान प्रप्तिको योग छ । समाजसेवा तथा राजनीतिमा बर्चस्व बढाउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा रुचि जागृत होला ।

वृश्चिक – बुद्धिको सही प्रयोग भइ चिताएका काममा सफलता पाइने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु गर्दा सफलता मिल्ने योग छ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ । आज कसैबाट विशेष साथ-समर्थन एवम् भौतिक लाभ प्राप्त हुने सम्भावना छ । शुभ समाचार प्राप्तिले उत्साह जगाउनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

धनु – केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहने देखिन्छ । नियमित काममा खासै जाँगर चल्ने देखिन्न । महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुन सक्छ, ध्यान दिनुहोला । प्रतिष्पर्धी हाबी हुनसक्ने योग भएकोले सजग रही व्यवहार गर्नु उचित हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ । यात्रागत कार्य सफल बन्नेछ ।

मकर – मिश्रित फलदायी दिन रहेको छ । दिनको शुरुवातमा सुखको अनुभव होला तर बेलुकीसम्ममा जाँगर हराउन सक्छ । काम गर्नमा खासै मन नलाग्न पनि सक्छ, तर बन्दैन भनेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सफल हुने योग छ । आफन्तको सहयोग प्राप्त होला । प्रियजनसँगको भेटघाटले मनमा प्रफुल्लता जगाउने देखिन्छ ।

कुम्भ – जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । अध्ययन कार्यमा प्रगति हुनेछ भने चिताएको काम सम्पादन हुने समय छ । पहिलेका कमजोरीलाई सुधार्ने मौका मिल्ला । तथापि, आजको दिन आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विशेष सजगताको खाँचो छ । प्रेमभाव बढ्नेछ ।

मीन – साहस वृद्धिको समय छ । कुनै नयाँ कामको थालनी गर्दै हुनुहुन्छ भने आजको दिन उपयुक्त रहनेछ । काममा जाँगर चल्नेछ भने धनलाभको योग रहेको छ । सन्तानपक्षबाट सुखको अनुभूति हुनेछ । रोकिएको काम अथक मिहेनतका कारण बन्नेछ । सबल स्वास्थ्यको लागि खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ ।