आजको पञ्चाङ्ग एवम् राशिफल (१२ पुष २०८२ शनिबार, २७ डिसेम्बर २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ पुष २०८२ शनिबार, २७ डिसेम्बर २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पौष १२ गते तद्अनुसार सन् २०२५ डिसेम्बर २७ तारिक शनिबार पौष शुक्ल पक्षको सप्तमी तिथि ९ः२ पर अष्टमी तिथि उत्तराभाद्रपद नक्षत्र ब्यतीपात योग भद्रा करण आनन्दादिमा धूम्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः१५ बजे हुनेछ ।

आजको राशिफल

मेष – मिश्रित फलदायी समय छ । कामकै पछि लागे पनि पूर्णता हासिल गर्न कठिनाइ पर्ला । नियमित काममा पनि अवरोध आइपर्न सक्छ । आजको दिन आर्थिक कारोबार नगर्नु हितकर होला । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ, तथापि सामथ्र्यमा कमी नआउला । साहसिक काममा आकर्षण बढ्नेछ । यशवर्चश्व बढ्नेछ ।

वृष – त्यसै-त्यसै अलमलमा परिने खालको समय छ । सोचेअनुसार काम बन्न कठिन हुने देखिन्छ । दोधारेपनका कारण महत्वपूर्ण कामहरू अधुरै रहन सक्ने योग भएकोले प्राथमिकताका आधारमा कार्ययोजनामा केन्द्रित रहनु उचित होला । सहयोगीहरूको राम्रै साथ रहनेछ । पारिवारिक समस्याको समाधान हुनेछ । सन्तान एवम् अनुयायीहरूबाट सुख मिल्ने दिन छ । सुख-सुविधाको बस्तु खरिदमा खर्च केही बढ्न सक्छ ।

मिथुन – शुभदायी समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार–व्यवसायमा विशेष फाइदा हुनेछ भने साझेदारीमा पनि लाभ होला । पारिवारिक सुख मिल्नाले आत्बल पनि बढ्ने देखिन्छ । बौद्धिक कर्ममा विशेष सफलता मिल्ला । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला ।

कर्कट – आकस्मिक रूपले सफलता वा असफलता मिल्ने मिश्रित फलदायी समय छ । पैतृक सम्पतीबाट लाभ हुनुका साथै धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । आर्थिक कारोबार हुनसक्छ । कुनै नयाँ सामान खरिद गर्ने योग देखिन्छ । मित्रहरू अकारण टाढिन सक्छन्, संयमपूर्ण व्यबहार गर्नुहोला । प्रेमभावका साथ दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा आंशिक सफलता प्राप्त हुनेछ ।

सिंह – चुनौतीयुक्त समय छ । शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ भने विवाद र झैझगडाको योग भएकोले विशेष सतर्कताको आवश्यकता देखिन्छ । महत्वपूर्ण कामहरू अधुरै रहन सक्छन् । स्वास्थ्यले पनि साथ नदिन सक्छ । तर आत्मविश्वासमा कमी आउने छैन । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । यात्रागत कार्य पनि बन्नेछ ।

कन्या – नियमित कार्यमा पूरै मिहेनत लगाएपनि काममा बाधा गर्नेले खासै प्रगति हुन नदिने समय छ । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउन सक्छ । महत्वपूर्ण कामहरु अधुरै रहनाले मन खिन्न रहला । घरपरिवारबाट खासै सहयोग पाइने छैन । तथापि, प्रेमभाव वृद्धि र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तमिलनले सुख प्रदान गर्ला । मित्रजनको साथमा मिठो भोजन प्राप्त हुने देखिन्छ ।

तुला – रोकिएको काममा सफलता मिल्ने तथा इष्टमित्रको साथ-सहयोग प्राप्त हुने समय छ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल एवम् मठ-मन्दिरको भ्रमण हुनसक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने देखिन्छ । रोकिएका कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । मिठो भोजन प्राप्ति र आमोदप्रमोदको भाव वृद्धि हुने योग छ । समग्रमा दिन रमाइलोसँग बित्ला ।

वृश्चिक – महत्वपूर्ण कार्यमा सफलता मिल्ने समय छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण रहला । सामाजिक एवम् परोपकार कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने सम्भावना छ । पराक्रम बढ्नेछ । बौद्धिक एवम् रचनात्मक काममा विशेष सफलता मिल्ला । आरोग्यबल बढ्नेछ । आफन्तको साथ एवम् परिवारिक सुखले उत्साह वृद्धि होला ।

धनु – गरेका कार्यहरु सहजै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल प्राप्त नहुने समय छ । सन्तानपक्षबाट चाहेजस्तो सहयोग नपाउँदा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्यगत समस्या आउने योग रहेकोले खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । सभा–समारोहमा सरिक हुने अवसर जुर्ला । सामाजिक कार्यले प्रतिष्ठा बढाउनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । मित्रजनको सहयोगले समस्याको समाधान हुने देखिन्छ ।

मकर – नियमित कार्यमा जोस-जाँगर बढ्नुका साथै विशेष उपलब्धि हासिल हुनसक्ने समय छ । मित्रजनहरू र आफन्तको पनि साथ-सहयोग मिल्नाले रोकिएका कामहरू बन्न थल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै आइपरेका जस्तोसुकै समस्याको समाधान हुनेछ । धनलाभको योग छ । आरोग्यबल वृद्धि होला । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । रसरागका क्रियाकलपमा आकर्षण बढ्नेछ ।

कुम्भ – धैर्यको मात्रा बढाउन सके धेरै राम्रो समय छ । नियमित काममा जाँगर वृद्धिका साथै उपलब्धिपूर्ण कार्यको अवसर जुर्न सक्छ । आर्थिकलाभका साथै प्रतिष्ठा आर्जनको योग छ । दीगो लाभ हुने कार्यमा लगानीको अवसर जुर्नसक्छ । मित्रजनका साथ रमाइलो यात्रा हुने देखिन्छ । जस्तोसुकै समस्याको समाधान खोज्न सकिनेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

मीन – मित्रजन एवम् घरपरिवारका सदस्यहरूबाट सुख–शान्ति मिल्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । अधुरा कामहरू बिस्तारै बन्न थाल्नेछन् । यात्राको लागि उचित समय रहेको देखिन्छ, लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । व्यावसायिक कार्यमा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । विपरीतलिंगी मित्रको साथ–सहयेगबाट कार्यगति बढ्ने योग छ ।