रौतहटको कटहरिया नगरपालिका-९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना कामदार घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालका अनुसार आज (१२ पुस) बिहान भएको ब्वाइलर विष्फोटमा सोही नगरपालिका-९ बलुवाका ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको हो । सबै घाइतेका हातखुट्टा जलेका छन् । उनीहरूलाई उपचारका निम्ति वीरगञ्ज पठाइएको छ ।
ब्वाइलर विष्फोटनको कारण स्पष्ट भएको छैन । प्रहरी अनुसन्धान जारी रहेको जनाइएको छ ।
प्रतिक्रिया