✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पौष १५ गते तद्अनुसार सन् २०२५ डिसेम्बर ३० तारिख मंगबाार पौष शुक्ल पक्षको एकादशी तिथि भरणी नक्षत्र सिद्ध योग वणि करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा र सूर्यास्त साँझ १७ः१७ मा हुनेछ । पुत्रदाएकादशी व्रत ।
आजको राशिफल
मेष – मिश्रित फलदायी दिन छ । समयमै आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने समय भएकाले बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । अर्थको अभावले बन्नैलागेको काम अधुरो रहन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । आरोग्यबल बढ्नेछ । विपरीतलिंगीबाट सहयोग मिल्ने देखिन्छ ।
वृष – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिने समय छ । फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, यसप्रति सचेत रहनुहोला । व्यवसायमा लगानी वृद्धि हुनेछ भने रोकिएको काममा विशेष मिहेनत लगाउनुपर्ने देखिन्छ । सुख-सुविधाको बस्तुमा आकर्षण रहनाले खर्च वृद्धिको योग छ ।
मिथुन – नियमित कार्यप्रति जाँगर बढ्ने र मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्राप्त हुने समय छ । विछोडिएका आफन्तसँग भेटघाट र स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । मित्रबन्धूहरूसँगको जमघटले आनन्द दिलाउनेछ । फजुल खर्च वृद्धिको योग छ । अधिकारका लागि केही संघर्ष हुन सक्छ तथापि, सामथ्र्य बढ्नेछ । रसरागमा विशेष आकर्षण रहला ।
कर्कट – परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । कर्मफल प्राप्तिका लागि विशेष मिहेनत लगाउनुपर्ला । आयबल बढ्नेछ भने गीतसंगीत तथा रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ । समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढा हुनसक्ने योग छ, ध्यान राख्नुहोला । यात्रापरक काममा आंशिक सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनाले मन प्रफुल्ल रहला ।
सिंह – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । आश मारेको काम बन्ने सम्भावनाका कारण उत्साह जागृत हुनेछ । स्वास्थ्यमा केही कमजोरी महसूस हुन सक्छ, तर त्यसको बाबजुद बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । आत्मविश्वास कायम रहनाले भइपरी आउने जस्तोसुकै समस्या सुल्झाउन सकिनेछ ।
कन्या – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । सामाजिक उत्तरदायित्व बहन गर्दै भविष्यमा फाइदा हुने कार्ययोजना हात पर्न सक्छ । अप्ठ्यारो पार्नका लागि प्रतिस्पर्धीहरूद्वारा गरिएको प्रयासप्रति सावधान रहँदै नियमित कार्यमा लागिपरे नसोचेको सफलता हात पर्ने योग छ । दौडधुप बढेपनि आफन्तको साथ मिल्नेछ । प्रेम सम्बन्धको दृष्टिले आजको दिन त्यत्ति उत्साहजनक नरहने देखिन्छ ।
तुला – नियमित कार्यमा पनि राम्रै जाँगर चल्ने समय छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । चिताएको काम बन्नाले प्रशन्नता मिल्ला । सन्तान पक्षबाट सुख मिल्नेछ । समग्रमा अनुकूलताले भरिएको दिन छ ।
वृश्चिक – शुभदायी समय छ । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने देखिन्छ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी–कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । तथापि, पत्याइएका सहयोगीहरू पछि हट्ने र प्रतिस्पर्धीहरूले सताउन सक्ने योग रहेकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । परिवारजनको साथले उत्साह जगाउला । मनोरञ्जनात्मक क्रियाकलापमा केही खर्च हुने योग छ ।
धनु – आजको दिन अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । ज्यादा समय अरूका काममा समय खर्चनुपर्ने देखिन्छ । तर, आश मारेको काम बन्नाले उत्साह जाग्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनुहोला । बौद्धिकताको प्रभावले शत्रुमाथि विजय प्राप्त हुनेछ ।
मकर – मेहनतको फल प्राप्त हुने समय भएपनि अरूको भरपर्दा धोका मिल्न सक्छ । ब्यस्तता बढ्ने तर कामको परिणामचाहिँ परिश्रमभन्दा कमै मिल्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला । कठोर मिहेनतले परिवारजनका आवश्यकता पूरा हुनेछन् । चुनौतीका बाबजुद रसरागको भाव वृद्धि हुने देखिन्छ ।
कुम्भ – विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आजको दिन दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । तथापि, सुख–सुविधाका बस्तुमा खर्च वृद्धि हुन सक्छ, ध्यान राख्नुहोल । आरोग्यता र पराक्रम बढ्नेछ ।
मीन – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नियमित कार्यमा मन लाग्नेछ, गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आर्थिक लाभ हुने तथा भौतिक वस्तु प्राप्तिको योग छ । व्यापार तथा साझेदारीमा पनि फाइदा होला । मित्रहरूको साथ रमाइलो यात्राको अवसर जुट्न सक्छ । स्वास्थ्य सबल रहनेछ ।
प्रतिक्रिया