✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पौष १६ गते तद्अनुसार सन् २०२५ डिसेम्बर ३१ तारिख बुधबार पौष शुक्ल द्वादशी तिथि कृतिका नक्षत्र साध्य योग बव करण आनन्दादिमा सिद्धि योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः१८ मा हुनेछ । प्रदोषव्रत ।
आजको राशिफल
मेष – रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने समय छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ । तर, आजको दिन कसैसँग वादविवाद र झैझगडाको सम्भावना रहेकोले बोली र व्यवहारमा संयमता अपानाउनु जरुरी छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । खेलकुद, भ्रमण जस्ता कार्यमा आकर्षण रहनेछ ।
वृष – मित्रजन एवम् दाजुभाइको साथ–सहयोगले विपक्षीलाई तह लगाउन सकिने समय छ । आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ । कृषि र व्यापार–व्यवसायमा भने सामान्य फाइदा हुनेछ । व्यस्तताका साथै पराक्रम वृद्धि हुनेछ । रोकिएका काम मिहेनतले पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मिथुन – नोकरी एवम् राजनीतिमा संलग्नहरूलाई विशेष लाभ मिल्ने समय छ । मान-सम्मान र पद-प्रतिष्ठा पाइएला । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहन सक्छ । स्वास्थ्य-समस्याबाट जोगिन खानपानमा विशेष सजग रहनुहोला । आफ्नो कमजोरीप्रति टीका-टिप्पणी वा गुनासो बढ्न सक्छ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् ।
कर्कट – विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । नियमित काममा सहयोगीले साथ दिनेछन् । केही धन र बहुमूल्य धातु संग्रह हुनसक्ने योग छ । पराक्रम र सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ । आरोग्यबल र सुख वृद्धि हुनेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामथ्र्य वृद्धि होला । इष्टमित्रको सहयोगले रोकिएको काम बन्नेछ ।
सिंह – सामर्थ्य वृद्धि भइ नियमित कार्यमा सफलता मिल्ने समय छ । साहसिक काममा आकर्षण रहला । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । तथापि, आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा भने गरिरहनेछन् । उद्योग-धन्दामा राम्रै सफलता हात पार्न सकिने योग छ । बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । रमाइलो यात्रा र मिठो भोजन प्राप्ति हुने देखिन्छ ।
कन्या – नियमित कार्यको बोझ र ब्यस्तता वृद्धि हुने समय छ । घरखर्च बढोत्तरी हुनुका साथै आयआर्जनमा कमी आउने सम्भावना छ । तथापि, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । स्वास्थ्य केही कमजोर रहला । मातृ-स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ । समस्यामा आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम सार्थक रहला । साझेदारीको काम बन्नेछ । विपरीतलिंगी मित्रको साथ मिल्ने देखिन्छ ।
तुला – मिश्रित फलदायी समय छ । महत्वपूर्ण काममा अरूको भर पर्दा असफलता हातपर्न सक्छ, आफ्नै बलबुता लगाउने प्रयास गर्नु उचित हुनेछ । सरकारी कामकाजमा नियुक्तिको सम्भावनाको योग छ । सुखदुःखमा साथ दिने आफन्तजन भेटिनेछन् । परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ सावित हुनेछ, तथापि मित्रजनको सहयोगले आंशिक लाभ हुनेछ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।
वृश्चिक – विभिन्न अवसरले पछ्याउनुका साथै व्यापार–व्यवसायमा लगानी बढाउन सकिने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । हिम्मतले काम लिन सकिने छ । घर–परिवारमा सुख–समृद्धि वृद्धि हुनेछ भने बुद्धिको उपयोगले शत्रुपक्षबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने योग छ । अस्थायी पेसाबाट राम्रै फाइदा हुने देखिन्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ ।
धनु – रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । अवसरको खोजीमा दौडधुप गर्नुपर्ने योग पनि छ । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । नजिकका साथीभाइ टाढिने तर टाढाका साथीभाइसँग भने मित्रता बढ्ला । सामाजिक क्रियाकलापमा संलग्नता रहनेछ । पारिवारिक समस्याको समाधान मिल्ने र यात्रापरक काम बन्ने देखिन्छ ।
मकर – एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहने सम्भावना रहेकोले आजको दिन सफलताको सम्भावना आँकलन गरेरमात्र काममा हात हाल्नु उचित होला । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । दाजुभाइ–दिदीबैनी बीचको सम्बन्ध कमजोर बन्ने योग छ । खराब आचरण भएका व्यक्तिहरू नजिकिएर गलत फइदा उठाउन सक्छन्, सजग रहनुहोला । आम्दानीको तुलनामा आजको दिन खर्च अलि बढी हुनाले आर्थिक समस्या देखापर्न सक्छ ।
कुम्भ – अवसरको खोजीमा दौडधुप गर्नुपर्ने समय छ । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । तथापि, लामो समयदेखि रोकिएका काम सम्पादन होलान् । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट भने राम्रै लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा प्रगति होला । दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
मीन – आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिने समय छ । टाढिएका आफन्तसँग पुनर्मिलन होला । प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । पुरस्कार, प्रशंसा, ख्याति पाइने योग छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रेमभाव र सुख वृद्धि हुनेछ । तथापि, धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना रहेकोले सजगताको खाँचो छ । आफन्तजनको साथ प्राप्त हुनेछ ।
प्रतिक्रिया