लण्डनमा गोर्खा दरबारलाई सफलता

लण्डनमा गोर्खा दरबारलाई सफलता


Untitled-1लण्डन । फेल्थामको बेडफन्ट लेनस्थित नेपाली रेष्टुरेन्ट गोर्खा दरबारलाई केही दिनअघि रेष्टुरेन्ट व्यावसायीहरुले सँधै प्रतीक्षा गर्ने पुरस्कारहरुमध्ये एक पुरस्कार मिलेको छ । ट्रिप एडभाइजर जो अमेरिकामा हेड क्वार्टर छ ले संसारभरमा घुम्नेहरुका लागि विविध जानकारीसहितको सल्लाह दिने गर्दछ, ले संसारभरमा उल्लेखनीय रुपमा तिनको नजरमा परेका अनि पर्यटकीय मापनमा आएका होटेल, रेष्टुरेन्टलगायत पर्यटनका व्यवसायहरुउपर गहिरो अध्ययन गरी तिनको सेवाहरुको मापनबाट सो व्यवसायलाई नम्बर दिएर आफ्नो डाइरेक्ट्रीमा दर्ता गराउँदछ । अवार्डले आफूलाई ग्राहकप्रति थप जिम्मेवारी थपिएको बताउँदै सँचालक किरण न्यौपानेले प्रशन्नता ब्यक्त गरेकाछन् । नेपाली परिकारमा हामीले साच्चीँकै नेपाली स्वाद ल्याउने प्रयास गरेका छौ, त्यसैले एक पटक सबै जनालाई खानाको स्वाद लिन आग्रह गर्छु –न्यौपानेले बताए ।
सोही एडभाइजर समूहले फेल्थामस्थित एक मात्र नेपाली रेष्टुरे्न्टको सेवाको स्तरलाई, परिकार तथा स्वादहरुको स्तरलाई मापन गरी साढे चारवटा तारा दिएको छ, त्यो निक्कै नै राम्रो उपलब्धी भएको सञ्चालक किरण न्यौपाने बताउँदछन् ।
धेरैजसो स्थानीय समाजका परिवारहरु गोर्खाली खाना, गोर्खाली स्वादसँगै पूर्ण अभिरुचिका साथ खान आउने गर्दछन् । फेल्थाम ओभरग्राउण्ड रेल स्टेशनसँगै जोडिएको सो रेष्टुरेन्टमा नेपालीहरुको पनि उल्लेखनीय मात्रामा उपस्थिति रहेको हुन्छ । रेष्टुरेन्ट सँञ्चाजक मध्यका एक शान्तिराम कोइरालालाई खासगरी सो रेष्टुरेन्टमा पस्किने नेपाली परिकार ग्राहकको आर्कषण रहेको बताउँछन् । सुकुटीको साथमा नेपाली खाना नेपाली परिवेशमा सर्भ गरिने उक्त रेष्टुरेन्टमा हप्ताको एकपटक खान आउने धरानकी रबिना लिम्बू मम, चनाचटपट सुकुटीलगायत चिकनका परिकारहरु खाने आफ्नो दिनचर्या जस्तै भएको बताउँदछिन् ।
गोर्खा दरबारमा विवाह, वर्तवन्ध, सभालगायत सामाजिक कार्यक्रमहरु भइरहेको व्यावसायी न्यौपाने बताउँदछन् ।