घुस लिएको प्रमाण भेटिएपछि पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

घुस लिएको प्रमाण भेटिएपछि पूर्वमन्त्री गुप्तालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश


सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा सांसद पदमा रहँदा घुस लिएको अभियोगमा पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

गुप्ताले रु ७८ लाख घुस लिएको आरोप लागेकोमा अदालतले बुधबार (१६ पुस) भ्रष्टाचार निवारण ऐनअनुसार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले उक्त आदेश गरेको हो । सो आदेशमा उल्लेख भएअनुसार गुप्ताले मन्त्री एवम् सांसद पदमा रहँदा अन्य व्यक्तिहरूलाई प्रयोग गरी घुस लिएको प्रमाण भेटिएको छ ।