✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर हेमन्त ऋतु वि.सं. २०८२ पुस १७ गते तद्अनुसार सन् २०२६ जनवरी १ तारिख गुरुबार पौष शुक्ल पक्षको त्रयोदशी तिथि रोहिणी नक्षत्र शुभ योग कौलव करण आनन्दादिमा उत्पात योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ मा र सूर्यास्त साँझ १७ः१८मा हुनेछ ।
आजको राशिफल
मेष – आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्य कमजोर बन्नुका साथै नियमित कार्यमा ढिलासुस्ती हुन सक्छ । नयाँ कामको थालनी पनि आजको दिन नगर्नु उचित होला । इच्छाविपरीत बाध्यताका काममा जुट्नुपर्ने योग छ । धेरै बोल्ने बानीले दुःख पाइएला, बोली र व्यवहारमा नियन्त्रण राख्ने प्रयास गर्नुहोला ।
वृष – आजको दिन रमाइलो तरिकाले कामहरु गर्न पाइएला । नसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ, तर लाभप्राप्तिका लागि चनाखो रहनुपर्नेछ । अधुरो काम सम्पन्न हुने देखिन्छ । धैर्यधारण गरी परिश्रम गर्नेका लागि विशेष सफलताको समय छ । धर्मिक कार्यमा संलग्न हुने अवसर जुर्ला । साझेदारीको काम बन्नेछ । पैतृक सम्पतिबाट लाभ हुनुका साथै सन्तान पक्षबाट पनि सुख मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – दौडधुप र जोखिम बढेपनि भाग्योदयको समय रहेको छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रशंसकहरू पनि बढ्नेछन् । नसोचेको ठाउँबाट आकस्मिक लाभ प्राप्त हुने योग छ । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुखशान्ति मिल्ने देखिन्छ । खेलकूद, भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
कर्कट – अधुरा काम बन्ने तथा नयाँ काम पाइने दिन छ । दिन सामान्य नै रहेकोले प्रयत्न गरेको काम छोटै समयमा पूरा हुने देखिन्छ । नोकरीमा ब्यक्तिगत बर्चस्व बढाउन सकिएला । प्रतिस्पर्धाको दौडमा विजयी बन्ने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तजन सहयोगी बन्नेछन् । लेखन-प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ ।
सिंह – दीगो फाइदा हुने काम सुरु हुनसक्ने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउला । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सार्थक रहनेछन् । विरोधिले पनि तारिफ गर्ने योग छ । मनमा सद्विचार आउनाले मित्रजनको उत्साहजनक साथ रहला । पराक्रम वृद्धि हुनुका साथै पारिवारिक समस्याको समाधान हुने देखिन्छ । कार्यगति बढ्नुका साथै यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कन्या – रोकिएका कामहरु बन्न थाल्नेछन् भने प्रतिकुलताहरू चिर्दै अधिकार र प्रतिष्ठा जोगाउन सफल भइने समय छ । कमजोर स्वास्थ्यमा पनि सुधार आउला । नियमित कार्यमा मन जानेछ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । व्यावसायिक काममा केही बाधा देखापर्न सक्छ, तर विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ । आफन्त एवम् मित्रजनको साथले उत्साह बढ्नेछ भने विपरीतलिंगी मित्रको साथ–सहयोग प्राप्त हुनेछ ।
तुला – कर्मबल बढ्नेछ, आर्थिक क्षेत्रमा विशेष प्रगति हुने समय छ । परिवारमा खुशीको माहोल छाउला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ, प्रयासलाई जारी राख्नु उचित होला । गरिआएको कामबाट विशेष लाभ प्राप्त हुने तथा धनलाभको योग छ । जागीरमा केही समस्या देखापर्न सक्छ, सजग रहनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफललता मिल्नेछ ।
वृश्चिक – रोकिएको काम मेहनतले अघि बढ्ने समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । प्रेमको प्रसङ्ग सुखद रहने योग छ । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर र उत्साह-उमंग देखापर्नेछ । आफूभन्दा विशिष्ट ब्यक्तिको सल्लाहअनुसार चल्ने प्रयत्न गर्नु उचित हुनेछ । आरोग्यबल बढ्नेछ भने ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि होला । समग्रमा दिन मनोरञ्जनपूर्ण रहने देखिन्छ ।
धनु – पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ तर सहयोगको आशा देखाउनेले धोका दिनसक्ने सम्भावना रहेकोले आजको दिन विशेष सावधानी अपनाइ कार्य गर्नुहोला । केही विवादमा परिने योग छ । बोली र ब्यवहारमा संयमता राख्नु हितकर होला । फजुल खर्च नियन्त्रणको प्रयत्न गर्नुहोला । स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनु उचित हुनेछ ।
मकर – आजको दिन काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने सम्भावना छ । जगिरमा पनि केही समस्या आउन सक्छ, सजग रहनुहोला । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । सन्तान पक्षबाट भने सुख र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । समस्यामा साथीभाइको सहयोग मिल्नेछ ।
कुम्भ – नवीन रोजगारीको सम्भावना रहेको दिन छ । बौद्धिक क्षेत्रमा सफलता प्राप्त होला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष लाभ मिल्नेछ । यात्रागत कार्यमा भने जोगिएर काम गर्नु उचित होला । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ ।
मीन – चुनौतीयुक्त समय छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । सोचेअनुसार काम बन्न कठिन पर्ने देखिन्छ । अनपेक्षित रूपले खर्च बढ्ने योग छ । कामकै पछि लागे पनि कुन काम गर्ने कुन नगर्ने निर्णय भनी गर्न नसक्दा अलमल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा भने आंशिक सफलता प्राप्त होला । निकटका अफन्तजनको सहयोग प्राप्त हुनेछ । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
प्रतिक्रिया