एमालेले मिलन चक्रेलाई गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बनाउने

एमालेले मिलन चक्रेलाई गोरखा क्षेत्र नं २ बाट उम्मेदवार बनाउने


आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले पाँच जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको छ । शुक्रबार (१८ पुस) बसेको जिल्ला कमिटीको बैठकले गोरखाको दुईवटै निर्वाचन क्षेत्रका प्रस्तावित उम्मेद्वारका नाम प्रदेश कमिटीमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिएका छन् ।

एमाले गोरखा क्षेत्र नं १ बाट दुई जना र क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस गरेको जानकारी दिँदै उनले गोरखा क्षेत्र नं १ बाट आरसी लामिछाने र लीला न्यौपानेको नाम सिफारिस गरेको बताए ।

त्यसैगरी प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का लागि चक्रे मिलन भनेर चिनिने मिलन गुरुङका साथै पार्टीका पूर्वजिल्ला कमिटी सचिव बाबुराम थापा र महिला नेतृ शशिकला पोखरेललाई पनि सोही क्षेत्रबाट उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ ।

बैठकले दुुवै क्षेत्रमा समानुपातिक, जातीय, भौगोलिक लैङ्गिक सन्तुलन कायम गरी उम्मेद्वारको सिफारिस गरेको सचिव रोकाको भनाइ छ ।