✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीसूर्योत्तरायणे श्रीशाके १९४७ ने.सं. ११४६ सिद्धार्थीनाम संवत्सर शीशिर ऋतु ऋतु वि.सं. २०८२ माघ १ गते तद्अनुसार सन् २०२६ जनवरी १५ तारिख गुरूबार माघकृष्ण पक्षको द्वादशी तिथि ज्येष्ठा नक्षत्र वृद्धि योग गर करण आनन्दादिमा कालदण्ड योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२९ बजे हुनेछ । माघेसंक्रान्ति ।
आजको राशिफल
मेष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने, आयबल बढ्ने र सुख वृद्धि हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । तर, नयाँ काममा हात हाल्ने योजनामा हुनुहन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आफन्तको साथले यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – नियमित कार्यमा खासै जाँगर नचलेपनि पारिवारिक सुख वृद्धि हुने समय छ । प्रेमको बन्धन कसिनुका साथै मनोरञ्जनात्मक एवम् रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । सवारीसाधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । अरूको धेरै विश्वास गर्दा धोका मिल्नसक्ने योग छ, आफ्नै सामथ्र्यमा अघि बढ्ने प्रयास सार्थक रहला ।
मिथुन – काम बिग्रने भयले सताएपनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने समय छ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । लगानी, दौडधुप, श्रम र प्रयत्नहरू खेर जाने छैनन् । गुरुजनको विशेष सहयोग जुट्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा आंशिक सफलता मिल्नेछ । यात्रापर काम थाती राख्नु उचित होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्ने देखिन्छ ।
कर्कट – आजको दिन लगानी र श्रमको उचित मूल्य मिल्न कठिन पर्ला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । तथापि, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका जुर्ने देखिन्छ । समुदायको हितमा राम्रै काम गर्न सकिएला । चर्को प्रतिस्पर्धामा पनि विजयी भइनेछ । सभा–समारोहका बीच सम्मान मिल्ने योग छ । विपरीतलिंगी मित्रको साथ पाइने देखिन्छ ।
सिंह – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने देखिन्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर प्रतिष्पर्धीहरू किनारा लाग्नेछन् । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ । रोकिएको काम इष्टमित्रको सहयोगमा पुनः अघि बढ्ने योग छ ।
कन्या – केही धुनौती र ब्यस्तताले भरिएको समय छ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन भएपनि विगतका समस्या बल्झिन सक्छन् । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुनसक्छ, धैर्य राख्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद प्रेमभाव बढ्नेछ भने सहयोगी भावना जागृत हुने देखिन्छ ।
तुला – आज केही चुनौती बढ्न सक्छ । स्वास्थ्यले पूरा साथ नदिँदा नियमित कार्यमै ब्यवधान पैदा हुने सम्भावना छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा उचित हुनेछ । विश्वास गर्न नसकिने व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउन सक्छन्, सजग रहनुहोला । शोख पूरा गर्नमा खर्च बढ्ला । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ । आफन्तको साथ मिल्नाले शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ ।
वृश्चिक – आजको दिन इष्र्या गर्नेहरूले काममा अवरोध खडा गर्न सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ, तर बुद्धि-विवेकको सही प्रयोगले नतिज तपाईंको पक्षमा रहनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आरोग्यबल बढ्नेछ भने समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । कर्मबल र आत्मविश्वासमा कमी आउनेछैन । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।
धनु – मिश्रित फलदायी समय छ । स्वास्थ्य केही कमजोर रहेपनि पढाइलेखाइमा प्रगति होला । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुने योग छ । तर, व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । प्रेमको बन्धन कसिने देखिन्छ । प्रेमभावका साथै रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यजीवन सुखद रहला । सन्तान पक्षबाट सुख मिल्नेछ । नियमकानूनले साथ दिनाले शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ ।
मकर – आजको दिन प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, कार्य सफलताका लागि दौडधुप वृद्धि हुनेछ । बन्ने निश्चय भएको काम अचानक बिग्रन पनि सक्छ, ध्यान दिनुहोला । तथापि, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसरजुटे पनि अरूलाई जथाभावी वचन दिने बानीले भने दुःख पाइनेछ । शत्रु र प्रतिस्पर्धीलाई हराउन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहने देखिन्छ ।
कुम्भ – धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने समय छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । यसका बाबजुद समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने देखिन्छ । शुभता र सामथ्र्य बढेर रोकिएको काम बन्नेछ । आरोग्यबल बढ्नेछ । मित्रहरूको साथ रहनेछ ।
मीन – केही चुनौती र ब्यस्तता बढ्ने दिन छ । बाध्यताका काममा जुट्नुपर्ला । यात्रागत कार्यमा समस्या आउने देखिन्छ, आजका लागि अनावश्यक भ्रमण कार्य रद्द गर्नु नै हितकर होला । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ । विपरीतलिंगीको माध्यमबाट फाइदा हुने योग छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ, तर धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । चुनौतीका बाबजुद कर्मबल वृद्धि हुनेछ ।
प्रतिक्रिया