लागूऔषध खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं संखुवासभा मकालु गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुवास चौलागाई रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनले भनेका छन्, ‘टोखा नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब तीन ग्राम २०० मिलिग्रामसहित निज चौलागाईंलाई पक्राउ गरिएको हो ।’ प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता काफ्लेले बताए ।
प्रतिक्रिया