✍ श्यामकृष्ण लम्साल
मेरो झ्यालबाट देखिने
त्यो रुख
जसले मलाई म नै भनेर चिनाउँछ
जस्तै झरी, बादल, चट्याङ्ग,
चर्को घाम, अँध्यारोमा पनि
ठिङ्ग उभिएको एक्लो रुख
दोबाटोको किनारमा
जसले सबै मौसमलाई अंगालीरहेको छ,
उसका हरेक हाँगाहरू
खोलाको लहरजसरी लहराइरहेकै छन्
अडिग, निश्चल रही
ठिङ्ग उभिएको त्यो रुख
कयौँ प्रहार आएपनि
बटुवालाई शितलता प्रदान गर्दै
समयका विम्व-प्रतिविम्व र ज्वारभाटाहरुमा
दरिलो ओत बनेर
बटुवाको पथप्रदर्शक बनेर
उभिरहेको नै हुनेछ त्यो रुख ।
- दिङ्ला, भोजपुर
प्रतिक्रिया