पुराना सिक्काहरु संकलन गर्ने दाजु-बहिनी सम्मानित

पुराना सिक्काहरु संकलन गर्ने दाजु-बहिनी सम्मानित


भक्तपुरमा पुराना सिक्काहरु संकलित गर्ने दाजुबहिनी सम्मानित भएका छन् । भक्तपुर घर भइ हाल काठमाडौं बस्ने एकै परिवारका दुई दाइ-बहिनी लक्ष्यजित मल्ल र समृद्धि मल्ल सम्माति भएका हुन् ।

श्री सरस्वती माध्यमिक विद्यालय चाँंगुनारायण नगरपालिका ८ भक्तपुरको ६४औं वार्षिकोउत्सवको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले उनीहरुलाई सम्मान गरेका हुन् । साथमा पाँच जना पत्रकारहरु पनि सम्मानित भए । ती पत्रकारहरुमा कृष्ण किसी, प्रेमध्वज लामा, हरिसुन्दर छुकाँ, कृष्ण नेपाल र हरिशरण बास्तोला रहेका छन् ।

कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री हरिप्रभा खड्गी, जिल्लाको चाँंगुनारायण नगरपालिकाका उपप्रमुख रमेश वुढाथोकी, चाँंगुनारायण नरपालिकाका निवर्तमान प्रमुख एवं एमाले नेता सोम मिश्र, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जिव पुरी, विद्यालयका प्रधानाध्यापक टिकाराम पाण्डेयलगायतले विद्यालयका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रमको क्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि गरिएको थियो ।