लण्डनमा इतिहास रच्न नेपाली कलाकारहरूकाे अागमन

लण्डनमा इतिहास रच्न नेपाली कलाकारहरूकाे अागमन


10562729_419479491572580_1947651603746716766_oलण्डन । भर्खरै हिथ्राे एयरपाेर्टमा नेपाली कलाकारहरूकाे लर्काे अाइपुगेकाे छ । लण्डनकाे हिथ्राे एअरपाेर्टमा याेगेश्वर अमात्य, जेम्स प्रधान, अाेम विक्रम विष्ट, दीप श्रेष्ठ, दीपक थापा, सुनील कर्माचार्य, तृष्णा, भुषण दाहाललगायत १७ जना कलाकारहरू अाइपुगेका छन् । भाेलि साँझमा लण्डनकाे राेयाल अल्बर्ट हलमा अायाेजना हुँदै गरेकाे साँगीतिक साँझकाे लागि कलाकारहरू अाइपुगेका हुन् ।
गत अप्रिल २५ तारिखका दिन नेपालमा गएकाे भूकम्पमा खासगरी गाेर्खा जिल्लाका भूकम्प पीडितहरूलार्इ अार्थिक राहत दिनका लागि साे साँगीतिक कार्यक्रम प्रदर्शन हुँदै गरेकाे हाे । गायक याेगेश्वर अमात्यकाे परिकल्पनामा तयार पारिएकाे कार्यक्रमलार्इ हेल्प नेपाल नेटवर्क यूकेले अायाेजना गर्दै गरेकाे हाे । राेयाल अल्वर्ट हल निक्कै नै प्रसिद्ध हल हाे र यसमा कार्यक्रम प्रस्तुत गरिनु मात्र पनि एक सफलता मानिन्छ । नेपाली कलाकारहरूले त्यत्राे ठूलाे हलमा र त्यस्ताे प्रतिष्ठित हलमा कार्यक्रम गर्दै गरेकाे याे पहिलाे प्रयास हाे ।
टिकटहरू निक्कै नै सीमित मात्रामा वाँकी रहेकाे अायाेजकहरू बताइरहेका छन् भने दर्शकहरूले जतिसक्दाे जाँडाे अाफ्नाे सिट सुरक्षित राख्न अायाेजकहरूबाट सुझाव दिइएकाे छ । दीप श्रेष्ठका कालजयी गीतहरूमा रमाउनेहरू, अाेम विक्रम विष्टका प्रयाेगात्मकतामा दिल खुलाउनेहरू, जेम्स अनि तृष्णाहरूका बिटहरूमा नाच्नेहरू, दीपक र सुनीलसँगै गुन्गुनाउनेहरूलार्इ भावानात्मक रूपकाे कडीले जाेड्न तयार भएका भुषणलार्इ सुन्नुबाट चुक्नु भनेकाे ठूलाे नाेक्सानी हाे….फेल्थाम निबासी चेरी, रीना, बिनिता, अन्जना, मिना र सरस्वतीहरूले एकसाथ बताउँदछन् ।
कार्यक्रमकाे टिकटहरूकाे लागि निम्न व्यक्तिहरूलार्इ सम्पर्क गर्न अायाेजकहरूबाट भनिएकाे छ :

बुद्ध गुरुङ, गोर्खा प्यालेस, फार्नबरो 01252 511550
मन्जु गुरुङ राई, फार्नबरो 07428 765997
रमेश सराङकोटी, सो एसिया, क्याम्बर्ली 07578571478
शेर सुनार, भेटघाट रेष्टुरेण्ट, एल्डरशट, 07899 704899
सुवास गुरुङ, वेम्बली 07956 219 215
गणेश गुरुङ, वाचस्पति रेग्मी, निरमाया रोधीघर, अल्डरशट, 01252 317321
सवीना गुरुङ एभरेस्ट क्यास एण्ड क्यारी, मेडस्टोन 07931706855
पुनम गुरुङ तथा कमल गुरुङ बेजिङस्टोक 07733 413949
जीवन पाण्डे, एभरेष्ट कनेक्सन, आशफोर्ड 01233 650180
भीम महेन्द्र गुरुङ, स्वीण्डन 07815 031127
नव मल्ल, हिमालयन गोर्खा रेष्टुरेण्ट, डर्बी 01332 344333
गजेन कटुवाल, डार्टफोर्ड 07595667026
काठमाण्डु कर्नर, ग्रीनफोर्ड, 02088132755
बिनोद चिपालु, मिल्शा स्टोर, प्लमस्टिड 07852122020
एभरेष्ट स्टोर्स, प्लमस्टिड 02088547555
प्रसिद्ध प्रधान, हेल्प नेपाल नेटवर्क यूके 07916 330 864
कुलदिप प्रधान, हेल्प नेपाल नेटवर्क यूके 07984 148 943
ह्यारी गुरुङ, उलविच, लण्डन 07769 343 006
सचिन श्रेष्ठ, हेल्प नेपाल नेटवर्क यूके 07888 812312
प्रदिप पनेरु, हेल्प नेपाल नेटवर्क यूके 07791 170955
विपिन जोशी, मोर्टन 07941 531 166
थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेला ।
तस्वीर साैजन्य : रेडियाे राइनाे (रन्जित बस्नेत)

भोलि नेपाली संगीतपारखीको लागि एउटा सुनौलो अवसर, पहिलोपटक विश्व प्रसिद्ध रोयाल अल्बर्ट हलमा एेतिहासिक नेपाली कार्यक्रम हुँदैछ, आज नेपालबाट आफ्नो प्रस्तुती दिन हिथ्रो एअरपोर्ट लण्डनमा कतार एअरवोजबको QR007 बाट ११:३६ मा अवतरण गरेका हुन् ।
कलाकारलाई स्वागत गर्न हेल्प नेपाल नेटवर्क यूकेका पदाधिकारी लगायत रेडियो राइनोका रुपेश सिलवाल, दिनेश परियार र रन्जित बस्नेत लगायता उपस्थिति रहेको थियो । रेडियो राइनोका रन्जित बस्नेतले सबैलाई खादा लगाई स्वागत र सम्मान गरेका थिए भने, रेडियो राइनोका सन्चालक रुपेश सिलवालले एअरपोर्टवाटै रेडियोमा प्रत्यक्षमा प्रसारण गरेका थिए। त्यसैगरी रेडियो राइनोका दिनेश परियारले फोटोग्राफी गरेकाथिए ।
संसारको प्रसिद्द रोयाल अल्बर्ट हललाई मन्दिरको सङ्ज्ञा दिँदै उक्त मदिरमा पूजा गने पाउनु जीवनको एउटा सुनौलो अवसर भएको गाएक दीप श्रेष्ठ बताए र सबै बेलायतबासी नेपालीलाई निमत्रणा पनि दिए। सबै कलाकार र बाद्यबादक आफ२हरु निकै उत्साहित र प्रफुल्ल भएको बताए।
यो अवसर भबिष्यमा फेरि आउँला नआउँला, अहिले अवसर जुटेको छ, यो अवसरलाई सही सदुपयोग गरौ। भोलिको क्रार्येक्रममा रोयल अल्वट हललाई नेपालमै बनाउ,सकेसम्म नेपाल झल्कने र आफ्नो कला संस्कृति झल्कने किसिमको पोसाकमा आउन गायक योगेश्वोर अमात्यले सबैलाई अनुरोध पनि गरे। -From Radio Rhino
11659497_1087998967895411_137005945714399731_n