मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । सोमबार (५ माघ) दिउँसो प्रसाईंलाई सडकयात्राकै क्रममा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार प्रसाईंको मुद्दा काठमाडौंमा भएकाले उनलाई काठमाडौं नै पठाइएको छ ।
यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईंलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईंले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा आयोगले प्रसाईंलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
प्रतिक्रिया