भावनामा तरेली खेल्दै

भावनामा तरेली खेल्दै


कता बग्छ्यौ तिमी
कलकल सलल गर्दै
कहीँ झरना बनेर कहीँ नदी ।

तिमी बग्छ्यौ कहीँ
छहरा, छहराहरुलाई चिर्दै
वीणा बजाएसरी आवाज छोड्दै ।

तिमी आउनेहिमालमा हिएँ खेल्दै
पहाडमा साइनो लाउँदै
चुरे र तराईका किनारमा
सुरिलो गीत गाउँदै ।

ए ! भनिदेऊ न
कता बग्छ्यौ तिमी आफ्ना गतिले
अवरोध चिर्दै
सुख्खा माटोमा मलिलोपन छोड्दै
वनभित्र हाहाहुहु गर्दै ।

  • रतुवामाई न.पा.-८, मोरङ