काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले असल अभ्यासलाई निरन्तरता दिन र जनभावनालाई प्राथमिकता दिएर काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिएकी छन् ।
कार्यवाहक प्रमुखको जिम्मेवारी पाएपछि आज (६ माघ) पहिलो पटक विभागीय प्रमुखसँगको बैठकमा उहाँले सुशासन, नागरिक अपेक्षा, असल तथा सफल अभ्यासको निरन्तरताका लागि सबैको एकैठाउँमा उभिनुपर्ने बताएकी हुन् ।
कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, ‘यसका लागि आन्तरिक तथा बाह्य सम्बन्ध समुधर बनाउँदै, पारदर्शिता, इमान्दारिता र जनभावनाप्रति उत्तरदायी भएर फराकिलो दृष्टिकोण राखेर काम गर्नुहोला । नागरिकले महसूस गरेका सुविधा र सहजतामा ध्यान दिनुहोला ।’
उनले समन्वय, सहकार्य र साझेदारीतालाई सुदृढ बनाउँदै पुँजीगत खर्च गर्ने क्षमता बढाउन लाग्नुपर्नेमा जोड दिइन् । कार्यवाहक प्रमुख डङ्गोलले चालु आर्थिक वर्षका लागि योजनाअनुरुप काम सम्पन्न गर्न निरन्तर विभागीय तथा क्षेत्रगत उपलब्धिका विषयमा जानकारी लिने र नतिजा वृद्धि गर्ने एजेन्डामा छलफल गरिने जानकारी गराइन् ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायत विभागीय प्रमुखहरूको उपस्थित रहेको थियो ।
file photo
प्रतिक्रिया