एक सय २१ किलो चरेससहित दुई जना प्रहरी नियन्त्रणमा

एक सय २१ किलो चरेससहित दुई जना प्रहरी नियन्त्रणमा


मकवानपुरको थाहा नगरपालिका-१० स्थित टौखेलबाट मार्खुतर्फ जाँदै गरेको वा प्र ०३००१ ह १५०७ नं अटोबाट १२१ किलो ४६६ मिलिग्राम चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटोचालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम बल लामालाई प्रहरीको विशेष टोलीले अटोसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता बोगटीका अनुसार पालुङ र चित्लाङबाट खटिएको संयुक्त टोलीले अटोभित्र रहेको १२ वटा रबरको डिब्बाभित्र लुकाइ ल्याएको चरेस फेला पारेको हो