आजको पञ्चाङ्ग एवम् राशिफल (१३ माघ २०८२ मंगलबार, २७ जनवरी २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ माघ २०८२ मंगलबार, २७ जनवरी २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ १३ गते तद्अनुसार सन् २०२६ जनवरी २७ तारीख मंगलबार माघ शुक्ल नवमी तिथि भरणी नक्षत्र ९ः१५ पर कृतिका नक्षत्र शुक्ल योग तैतिल करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा १४ः५१ बजेसम्म त्यसपछि वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ मा भयो र सूर्यास्त साँझ १७ः३८ मा हुनेछ । द्रोणनवमी ।

आजको राशिफल

मेष – आजको दिन आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले विशेष सजगताको खाँचो छ । व्यवसायमा लगानी बढाउनुपर्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । तथापि, आँटेको काममा सफलता मिल्नेछ । अरुबाट आलोचना हुने, काममा बाधा पर्नसक्ने योगका बाबजुद मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । आरोग्यबल बढ्नुका साथै साहसिक काममा आकर्षण रहनेछ ।

वृष – ब्यस्तता बढेसँगै रोकिएका काम बिस्तारै बन्नेछन् । आजको दिन पठनपाठन तथा बौद्धिक अभ्यासमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । वादिष्ट भोजनमा मन रमाउला । समयमा काम पूरा नहुनाले अवसर गुम्नसक्ने योग पनि छ, सजग रही कार्य गर्नुहोला । जिम्मेवारी बढिरहन सक्छ तर सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावनाप्रति सचेत रहनुपर्नेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाएर मात्र व्यवहार गर्नु उचित होला ।

मिथुन – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने समय छ । भेटघाटको अलमलले नोक्सानमा पार्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । व्यावसायिक काममा खर्च केही बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्ने योग छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । रचनात्मक काममा सफलता मिल्नेछ, यात्रापरक काम बन्नेछ ।

कर्कट – कामको चापबाट मुक्त रही विश्राम पाइने समय छ । रोकिएका काम बन्नेछन् भने उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेम सम्बन्धमा रोमाञ्चक मोड आउन सक्छ । सबल स्वास्थ्यका लागि भने विशेष सजगता अपनाउनु उचित हुनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनाले आत्मविश्वास बढ्नेछ । जटिल कार्यमा नियमकानूनले साथ दिनेछ ।

सिंह – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि जागृत होला । अप्रत्याशित लाभको योग छ । सुखद खबरले उत्साह जगाउने योग छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । स्वास्थ्य सबल रहनाले सामथ्र्य वृद्धि हुनेछ ।

कन्या – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने योग छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने र तिनबाट साथ–सहयोग मिल्ने देखिन्छ । आरोग्यबल बढ्नेछ । वार्ताको माध्यमबाट कुनै पनि समस्याको समाधान मिल्नेछ ।

तुला – आजको दिन सामान्य उपलब्धिको लागि पनि ज्यादा नै परिश्रम लगाउनुपर्ने अवस्था आउन सक्छ । व्यावसायिक काममा फाइदा उठे पनि आर्जित धन तत्काल खर्च हुने सम्भावना छ । स्वास्थ्यगत दृष्टिले आज केही कमजोर अनुभूति हुने देखिन्छ । अप्रिय समाचारले मन खिन्न रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्ने प्रयास गर्नुहोला । प्रतिकुलताका बाबजुद आमोदप्रमोदमको भाव पैदा हुनेछ ।

वृश्चिक – प्रतिष्ठित कामको अवसर जुर्ने दिन छ । आत्मविश्वास बढ्नेछ भने विशिष्ट व्यक्तित्वसँग भेटघाट होला । पारिवारिक जमघटमा मन रमाउनेछ । सन्तान तथा मातृशक्तिको सल्लाह–सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । खर्च भने केही वृद्धि हुन सक्छ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

धनु – आजको दिन दौडधुप बढ्नुका साथै कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । बोली र व्यवहारमा सजगता अपनाउनु बुद्धिमानी सावित हुनेछ । काममा स्थानान्तरण तथा लामो यात्राको सम्भावना छ । केही चुनौतीका बाबजुद लाभदायी काम प्रारम्भ हुनसक्ने योग छ । साझेदारीमा पनि राम्रै फाइदा हुने देखिन्छ । प्रतिष्पर्धी परास्त हुनेछन् । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – आजको दिन यात्राको व्यवस्थापनमा खर्च हुन सक्छ । लाभदायी कार्यमा परिवारजनको साथले नयाँ आशा पलाउला । तर, प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सावधानीपूर्वक व्यवहार गर्नुहोला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग रहेकोले सजगताको दरकार छ । समयमा होश नपुग्नाले खर्चको अवस्था आउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । विपरीतलिंगी मित्र सहयोगी बनेर देखपर्ने योग छ ।

कुम्भ – आजको दिन मिश्रित फलदायी रहला । आलस्यका कारण अवसर गुम्न सक्ने सम्भावना रहेकोले आफूलाई चुस्तदुरुस्त राख्न विशेष प्रयत्न गर्नु उचित हुनेछ । श्रमको राम्रै मूल्यांकन हुने देखिन्छ । अति आवश्यक अवस्थाबाहेक आजको दिन आर्थिक कारोबार नगर्नुहोला । सबल स्वास्थ्यका लागि खानपानमा ध्यान दिनु हितकारी हुनेछ । नसोचेको ठाउँमा खर्च हुने योग रहेकोले सजग रही आर्थिक व्यवहार गर्नुहोला । भ्रमण एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मीन – परिश्रम धेरै परेपनि सामान्य उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनु उचित हुनेछ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ, सावधानीपूर्वक व्यवहार गर्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।