✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धर्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ १५ गते तद्अनुसार सन् २०२६ जनवरी २९ तारिख गुरुवार माघ शुक्ल पक्षको एकादशी तिथि मृगशिरा नक्षत्र ऐन्द्र योग बव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृष राशिमा १७ः७ पर मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५४ मा र सूर्यास्त साँझ १७ः४१ मा हुनेछ । भीमा एकादशीव्रत, शुक्र उदय २५ः२९ ।
आजको राशिफल
मेष – न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने दिन छ । आर्थिक पक्ष सुदृढ रहला । विभिन्न उपहार प्राप्त हुने र प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने देखिन्छ । तपाईंका कामबाट अरुहरु निकै प्रभावित हुनेछन् । कीर्तिमानी काम सम्पादन हुनाले सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । पराक्रमका साथै बौद्धिकता तथा रचनात्मकता बढ्नेछ ।
वृष – बौद्धिक, रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्ने दिन भएपनि समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । भौतिक साधनले साथ नदिने सम्भावना छ, सावधानी अपनाउनुहोला । अनावश्यक खर्च बढ्ने देखिन्छ । व्यस्तता बढेअनुसार परिणाम हत नलाग्ने योग छ । आरोग्यता रहनेछ । यात्रागत कार्य सार्थक रहनेछ ।
मिथुन – मिश्रित फलदायी दिन छ । व्यावसायिक काममा केही समस्या आउने देखिन्छ, तर बिस्तारै कामहरु बन्न थाल्नेछन् । कामकै सिलसिलामा यात्राको सम्भावना छ । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सार्वजनिक सभा–समारोहमा अधिकार तथा प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रेमभाव बढ्नुका साथै सन्तानसुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको विशेष सहयोग प्राप्त हुनेछ ।
कर्कट – आजको दिन ब्यस्तता वृद्धिका साथै केही चुनौती बढ्ने देखिन्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ला । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन् । व्यावसायिक काममा खर्च बढ्ने योग छ । जोखिम बढेपनि प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – ग्रहको सकारात्मक प्रभावले जोश–जाँगर, उत्साह तथा उमंग देखापर्ने शुभदायी दिन छ । प्रेमको प्रसंग सुखद रहला । दाम्पत्यसुख पनि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ–समर्थन मिल्ने देखिन्छ । नियमित कार्यमा सोचेजस्तै सफलता प्राप्त होला । बौद्धिक तथा रचनात्मक काममा मन जानेछ । पारिवारिक समस्याको सहजै समाधान मिल्ने तथा धनलाभको योग छ । मित्रजनको साथ–समर्थन मिल्नेछ ।
कन्या – काममा जोश जाँगर आउनुका साथै आर्थिक एवम् समाजिक लाभ मिल्ने समय छ । साहस वृद्धि होला । प्रेमभाव पनि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ, प्रयास जारी राख्नु उचित होला । घरजग्गासम्बन्धी व्यवसायमा हुनेका लागि लाभको समय आएको छ । धन, मान महत्व बढ्ने देखिन्छ । बौद्धिकताका साथै पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त हुनेछ ।
तुला – परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । जागिरमा विशेष सजगता अपनाउनुहोला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन नदिने सम्भावना छ । आम्दानी बढेसँगै खर्च वृद्धि हुने योग छ । आमोदप्रमोदको भाव पैदा होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
वृश्चिक – नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने समय छ । बौद्धिक क्षेत्रमा पनि सफलता मिल्नेछ । दाम्पत्यजीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । सुखद यात्रको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ ।
धनु – मनमा सद्विचार आउनाले समय उत्साहजनक रहला । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि अवसर आउनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मान–सम्मान पनि पाइनेछ । महत्वपूर्ण कार्यमा सफलता हातपर्ला । धर्मकर्ममा आकर्षण रहनेछ । भाग्यबल बढ्नेछ । सुख–सुविधाका बस्तु उपहारको रुपमा हातपर्ने योग छ । समस्याको समाधान मिल्नेछ ।
मकर – ब्यस्तता बढ्ने तर श्रमअनुसारको परिणाम हात पर्न कठिन हुने समय छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । काममा अरुको कमै भरपर्दा आत्मसन्तोष मिल्ने देखिन्छ । बोलीमा यथासक्य लगाम लगाउनु हितकर हुनेछ । वादविवादबाट बच्न विशेष प्रयत्न गर्नु उचित होला । शारीरिक तथा मानसिक आलस्यता बढ्नाले नियमित कार्यमा ह्रास आउला । कठोर मिहिनेतले काम बन्नेछ ।
कुम्भ – आरोग्यबल बढ्नेछ भने अधुरा कामहरू सम्पन्न हुनसक्ने दिन छ । कतैबाट आर्थिक लाभ हुने योग छ, सुखद परिणाम प्राप्तिका लागि चनाखो भने रहनुपर्नेछ । धार्मिक एवम् सामाजिक कार्यमा संलग्न भइएला, जसले मान–प्रतिष्ठा बढाउनेछ । पैतृक सम्पतिबाट विशेष लाभ मिल्ने देखिन्छ । मिठो भोजन प्राप्त होला । पराक्रम बढ्नेछ । अनावश्यक खर्चमा नियन्त्रण गर्न सकिनेछ ।
मीन – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्ने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । समयमा चिताएको काम सम्पादन नहुन सक्छ, सजग रहनुहोला । स्वास्थ्य केही कमजोर भएको अनुभूति होला । प्रेमभाव वृकिा साथै साथीभाइको सहयोग प्राप्त हुनेछ । समस्याकको समाधान मिल्नेछ ।
प्रतिक्रिया