✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ १७ गते तद्अनुसार सन् २०२६ जनवरी ३१ तारिख शनिबार शुक्ल पक्षको त्रयोदशी तिथि ७ः३४ पर चतुर्दशी तिथि पुनर्वसु नक्षत्र विषकुम्भ योग गर करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मा र सूर्यास्त साँझ १७ः४२ बजे हुनेछ । सौभाग्यत्रयोदशी, श्री पशुपतिनाथमा छायाँ दर्शन ।
आजको राशिफल
मेष – सोचेअनुसार काम बन्न कठिन छ । समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । खर्च केही बढेपनि भौतिक बस्तुको प्राप्ति र मीठा परिकारको आनन्द मिल्नेछ । कर्मबल र सामथ्र्य बढेपनि परिणाम भने सन्तोषजनक नरहने योग छ । तथापि, बुद्धि–विवेकको सही प्रयोगले समस्याको समाधान मिल्नेछ । विपरीलिंगीको साथ–सहयोग रहला ।
वृष – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ भने नवीन रोजगारीको सम्भावना पनि छ । यात्रागत कार्य भने विशेष सजगता अपनाएर गर्नु उचित होला । आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्र सफलतादायी रहला । खर्च नियन्त्रणको लागि चनाखो रहनुपर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी भइनेछ ।
मिथुन – अधुरा काम बन्ने तथा नयाँ काम पाउने समय छ । नोकरीमा व्यक्तिगत बर्चस्व बढाउन सकिनेछ । अध्ययन–अध्यापनमा भने खासै मन र समय दिन नसकिएला । तथापि, मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ । धर्मकर्ममा आकर्षण रहनेछ, आफन्तको साथ मिल्नेछ । सुख–सुविधाको बस्तु र सुख–विलास पनि बढ्नेछ ।
कर्कट – दिगो फाइदा हुने काम सुरु गर्न सकिने समय छ । नयाँ कामको लागि नयाँ अवसर आउने सम्भावना छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि हुनेछ । मान–सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । साहसिक काममा आकर्षण रहला । साथीसंगीको सहयोग प्राप्त हुनेछ ।
सिंह – बाध्यताका काममा जुट्नुपर्ने समय छ । नियमित कार्यमा ढिलासुस्ती हुनसक्छ, नयाँ कामको थालनी पनि आज नगर्नु हितकर होला । स्वास्थ्यगत समस्याले पनि केही सताउन सक्छ । अनावश्यक विषयमा धेरै बोल्ने बानीले दुःख मिल्नसक्छ । तथापि, नियमकानूनले साथ दिनाले आफ्नो दायित्व पूरा गर्नुहुनेछ । खर्च नियन्त्रणका लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
कन्या – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु उचित होला । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । सुखद यात्राको योग रहेको छ । परिवारमा पनि खुशीको माहोल छाउनेछ । नियमित कामबाट फाइदा हुने समय आएको छ । मिठो भोजन प्राप्त हुनेछ भने गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
तुला – ब्यस्तता र चुनौतीका बाबजुद दायित्व पूरा गर्न सकिने समय छ । कार्य-सफलताले थप काम गर्ने हौसला मिल्ला । मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्नेछ । प्रेमको प्रसङ्ग सुखद रहला । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर हुनेछ । साथ–समर्थन गर्ने प्रशस्त भेटिएलान् । आरोग्यबल बढ्नेछ । शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नाले शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृश्चिक – पराक्रम र बौद्धिकता बढेपनि आजको दिन कुनैपनि कार्यमा सावधानीपूर्ण कदम चाल्नुपर्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने योग रहेकोले अरुको कममात्र भर पर्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । केही विवादमा समेत परिने सम्भावना छ, सावधान रहनु होला । खर्च बढ्न सक्छ, फजुल खर्चबाट जोगिने प्रयत्न गर्नु हितकर होला ।
धनु – भाग्योदयको समय रहेको छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । ब्यापारमा भने ठिकैमात्र हुने देखिन्छ । सावधानीपूर्वक प्रयास गर्दा अधुरो रहेको महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतिबाट लाभप्रप्तिका साथै धर्मिक कार्यमा संलग्न हुने योग छ । पारिवारिक समस्याको समाधानका साथै दाम्पत्यसुख बढ्नेछ ।
मकर – मिश्रित फलदायी दिन हुनाले परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने सम्भावना छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्ने देखिन्छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । खेलकुद एवम् रसरागमा आकर्षण रहला । शारीरिक तथा मानसिक आलस्यता बढ्नेछ भने कसैसँग विवादको सम्भावना छ ।
कुम्भ – दौडधुप बढ्ने र कठोर मिहिनेतले काम बन्ने समय छ । केही मात्रामा जोखिम रहेपनि व्यापार तथा उद्योगमा फाइदा नै हुने देखिन्छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । नसोचेको ठाउँबाट केहि लाभ होला । प्रतिस्पर्धीहरू पछि पर्नेछन्, प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ । आमोदप्रमोदका अवसर जुर्ने देखिन्छ ।
मीन – आजको दिन व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् तर स्वास्थ्यमा सुधार आउनाले काममा जाँगर चल्नेछ । पढाइलेखाइमा मन लाग्नेछ । कुनै फलदायी यात्राको योग छ । सवारीसाधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर हुनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्नेछन् ।
प्रतिक्रिया