✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ १९ गते तद्अनुसार सन् २०२६ फरवरी २ तारिख सोमबार फाल्गुन कृष्णपक्षको प्रतिपदा तिथि अश्लेषा नक्षत्र आयुष्मान योग ३ः५७ पर सौभाग्य योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५२ मा भयो र सूर्यास्त साँझ १७ः४४ बजे हुनेछ ।
आजको राशिफल
मेष – घरेलु समस्याले सताउने र नियमित कार्यमा पनि अवरोध आउनसक्ने समय छ, होसियारीपूर्वक काम गर्नुहोला । विशेष योजना गोप्य राख्नु उचित हुनेछ । आजको दिन यातायातका साधनबाट जोगिन सजग रहनु हितकर हुनेछ । बन्न लागेको पनि बिग्रन सक्ने योग छ । ब्यस्तताका साथै जोखिम बढ्ने देखिन्छ । कठोर मिहिनेतले काम बन्नेछ । समस्यमा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।
वृष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने समय छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । नयाँ काममा भने समयमात्र बित्नसक्ने सम्भावना छ, नियमित कार्यलाई नै प्राथमिकता दिनु उचित हुनेछ । नोकरीमा आलश्य जाग्ने देखिन्छ, तर काम बिग्रिहाल्ने अवस्था आउनेछैन । व्यापारमा मिलेको सफलताले मन रमाउनेछ । धन आर्जनको अवसर जुर्ने योग छ । तर, खर्च पनि केही बढ्ने देखिन्छ । अर्काको काममा केही ब्यस्ता वृद्धि होला । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मिथुन – कर्मबल बढ्नेछ भने बोली र ब्यक्तित्वको प्रभाव वृद्धिले सजिलै काम बन्ने देखिन्छ । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । यात्रागत कार्यको लागि राम्रो समय रहेको छ । यात्रा पनि रमाइलो हुनेछ, साथीभाइसँग भेटघाट पनि होला । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्यवृद्धिले काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
कर्कट – बोलीकै भरमा काम बन्नसक्ने समय छ । तपाईंप्रति ठूला व्यक्तिको आशा–भरोसा रहनाले आत्मविश्वासमा बढोत्तरी हुने देखिन्छ । मान–सम्मान वृद्धिले सुखको अनुभुति होला । सन्तान पक्षबाट सुखको समाचार सुन्न पाइएला । व्यापार र रोजगारीका क्षेत्रमा विशेष सफलता मिल्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्त एवम् मित्रजनको साथले कार्यगति बढ्नेछ । समग्रमा दिन मनोरञ्जनपूर्ण रहला ।
सिंह – विभिन्न अवसरले पछ्याउनेछन् भने विचार तथा व्यवहारले धेरैलाई आकर्षण गर्ने समय छ । आजको दिन ब्यापार–ब्यवसायबाट पनि राम्रो लाभ लिन सकिन्छ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै नियमित काममा जाँगर बढ्नेछ । नयाँ काम मिल्ने योग छ । पढाइलेखाइमा राम्रै उन्नति गरेर अगाडि बढ्न सकिनेछ । खर्च भने केही बढ्न सक्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । पारिवारिक समस्यामा समाधान मिल्नेछ ।
कन्या – शुभदायी समय छ । मनोरञ्जनात्मक तरिकाबाट काम बनी मन हर्षित रहला । पुराना साथीभाइसँगको भेटघाटले आशा–उत्साह जगाउनेछ । भौतिक साधन जुट्नेछन् भने आश मारेको रकम हातपर्न सक्ने योग छ । प्रेमसम्बन्ध उत्साहजनक रहनाले मन प्रफुल्ल हुनेछ । सभा–समारोहमा मान मिल्नेछ । प्रतिष्पर्धीहरू परास्त हुनेछन् । बौद्धिकता तथा रचनात्मकता बढ्नाले जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
तुला – जागिरको काममा खासै जाँगर नचले पनि कुनै नयाँ कामको स्रोत फेला पर्ने समय छ । व्यावसायिक यात्रा हुनसक्ने र यात्रा लाभदायी रहने देखिन्छ । सामाजिक कार्यमा मन जानेछ । नयाँ मित्रको आगमनले मन प्रशन्न रहला । धनलाभको योग छ । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमित कार्यमा लगाव बढ्नेछ । विपरीतलिंगीको साथ मिल्नेछ ।
वृश्चिक – इर्ष्यालुजनको सक्रियाता बढ्ने देखिन्छ, आजको दिन नियमित कर्ममा केन्द्रित रही कार्य–व्यवहार गर्नु उचित हुनेछ । परिवारजनमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्ने योग रहेकोले सतर्कताको दरकार छ । छरछिमेकमा विवाद वा झगडा हुनुबाट जोगिन प्रयत्न गर्नु हितकर हुनेछ । मनमा गलत विचार बढ्ने, महत्वपूर्ण कार्यमा समयमै निर्णय लिन नसकिने आवस्था आइपर्नसक्छ । समस्यामा साथीसंगीको सहयोग प्राप्त हुनेछ ।
धनु – समय खासै राम्रो छैन । बाध्यतापूर्ण काममै दिन बित्न सक्छ । सजगता अपनाउन नसके ब्यापार–ब्यवसायमा घाटा ब्यहोर्नु पर्ला । अनावश्यक तथा नसोचेको ठाउँमा धन खर्च हुने योग छ । नियमित काममा खासै मन नजाला । गलत विचार बढ्नेछ । समयमा सहि निर्णय गर्न नसकिने अवस्थाको शिकार भइने देखिन्छ । आध्यात्मिक विषयमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मकर – अधुरा काम बनेर मन हर्षित हुने दिन छ । आश मारेको ठाउँबाट आर्थिक लाभ मिल्नुका साथै आम्दानी बढ्ने देखिन्छ । नियमित काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । आम्दानी वृद्धिका साथै नयाँ योजनाहरुको पनि सिर्जना हुने योग छ । परिश्रम र इमानदारीले अरुको विश्वास जित्न सकिएला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख र प्रेमभाव बढ्नेछ । बौद्धिक एवम् रचनात्मक काममा सफलता मिल्नेछ । स्वास्थ्य सबल रहला ।
कुम्भ – मिश्रित फलदायी समय छ । परिश्रमले लक्ष्य पूरा गर्न सकिनेछ तर राजनीतिक उद्देश्य अधुरै रहला । नियमित कार्यमा अप्ठ्याराको सामना गर्नुपर्ने देखिन्छ । आज सोच्दैनसोचेको ठाउँमा धन जाने सम्भावना छ । स्वास्थ्यमा केही सुधार आएपनि शारीरिक कमजोरीले सताउने सम्भावना छ । खानपानमा पथ–परहेज अपनाउनु उचित हुनेछ । सुख–सुविधाको बस्तु खरिदमा खर्च भएपनि त्यो उपयोगी नै सावित हुनेछ ।
मीन – दिन उत्साहवर्क छ । काम गर्न जाँगर चल्नेछ भने आम्दानी बढ्न सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । आँटेगरेका काम पुरा भइ धनलाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । आरोग्यबल वृद्धि होला । नियमकानुनले साथ दिनाले शत्रुपक्ष परास्त हुनेछ । यात्रा सफल हुनेछ । दिन रमाइलो साथ बित्ने देखिन्छ ।
प्रतिक्रिया