लाखौं मान्छेहरुले स्टैटिन व्यर्थमा सेवन गर्दैछन्

लाखौं मान्छेहरुले स्टैटिन व्यर्थमा सेवन गर्दैछन्


लण्डन । विस्तृत अध्ययन गरेर थाह लागे अनुसार तीसलाख भन्दा बढी मानिसहरुले स्टैटीन (रगतको कलेस्ट्रल् कम गर्ने दवाइ) हाल व्यर्थै सेवन गरिरहेका छन् भन्ने जानकारी प्रकाशमा आएको छ । यो दवाइको सेवनले केही असर नभएको तथा फाइदाभन्दा बढी हानी पुर्‍याउने कुराको पुष्टि गर्दै डाक्टरहरुले सचेत गरेका छन् । एउटा आधिकारिक दवाइहरुको नवीनीकरण गर्ने परिक्षणले दर्शाए अनुसार जुन व्यक्तिहरुमा हृदयाघात अथवा मुटूसम्बन्धी रोगका लागि खतरा छैनन् त्यस्ता व्यक्तिहरुलाई यो दवाइ सेवन गराएर कलेस्टरल् कम गर्ने अनि हृदयाघात हुनुबाट जोगाउने अथवा मुटुरोगबाट पीडित हुनुबाट रोक्ने कुरा हालसम्म एकदमै न्यून देखिएको छ । अनुसन्धानकर्ताहरुले उपरोक्त नतिजालाई मध्येनजर गरी एनएचएसले व्यर्थै ठूलो रकम तिराइरहेका बिमारीहरुलाई दवाइ सेवन् गर्न लगाएर खर्च गरिरहेका छन् भनेर उद्धृत गरेका छन् ।
अध्ययनले स्टैटिन् सेवन् गरेका मानिसहरुमा मृगौला, कलेजो र शरीरका माँसपेशीहरुमा समस्या आएको विश्लेषन गरेका छन् । चालीस वर्षभन्दा माथिका व्यक्तिहरुमा तीन जनामध्ये एकजनाले स्टैटिन सेवन् गरेका तथ्यांकले दर्शाएको छ । ७० लाखभन्दा बढी मानिसहरुले बेलायतमा स्टैटिन सेवन गर्छन् जसबाट एनएचएसले प्रतिवर्ष ४५० मिलियन पाउण्ड बराबरको रकम दवाइको लागि खर्च गर्छ । अहिले यो दवाइ सेवन गर्नेहरुको ठूलो संख्या मुटुको रोग लाग्ने खतराबाट एकदमै न्यून भएकाहरु छन् । केवल मुटुको रोगको खतरापछि उपरान्त नहोस् भनेर सेवन गरिरहेका छन् । यस दवाइलाई प्रयोग गर्नुपर्छ भन्ने पक्षका विशेषज्ञहरुले स्टैटिनको प्रयोग गर्नको लागि प्रोत्साहन गर्छन् र उनीहरुले यसको सेवन गराएर हजारौलाई मुटुको रोग लाग्नबाट तथा हृदयाघात हुनुबाट जोगाएका कुरा गर्छन् । तर, पूर्व अध्ययनहरुको पुनः विस्तृत जाँच गर्दा द कोचरान लाईब्रेरीले हिजो प्रकाशित गरेको जोर्नलमा जीपीहरुलाई स्टैटीन दवाइ यस्ता बीमारीहरुलाई नदिनको लागि सावधान गरेको छ । विगतमा एकपल्ट कसैलाई हृदयाघात नभएको अथवा मुटुसम्बन्धी रोग नलागेका मान्छेहरुलाई यस दवाइले उनीहरुलाई मृत्यु अथवा करोनरी रोग लाग्नुबाट कम गरेको कुनै बलियो अधार प्राप्त नगरेको कुरा प्रकाश पारेको छ । प्रतिवेदनमा मात्र एकहजार जनामध्ये एकजनालाई हालसम्म बचाएको उल्लेख गरेको छ । श्रोत – टेलिग्राफ, सुमल, मेस ।