आजको पञ्चाङ्ग एवम् राशिफल (२२ माघ २०८२ बिहीबार, ५ फरवरी २०२६)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ माघ २०८२ बिहीबार, ५ फरवरी २०२६)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ २२ गते तद्अनुसार सन् २०२६ फरवर ५ तारिख गुरुवार फाल्गुन कृष्णपक्षको चतुर्थी तिथि उत्तरा फाल्गुनी नक्षत्र सुकर्म योग बव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः४६ बजे हुनेछ ।

आजको राशिफल

मेष – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने दिन छ । काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । अरूका काममा समय बित्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि केही सताउला, खानपानमा विशेष सजगता अपनाउनुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट भने आंशिक लाभ मिल्ने योग छ । अनावश्यक भ्रमणबाट जोगिनु हितकर होला । गीतसंगीत र खेलकुदका क्रियाकलापमा आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

वृष – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय रहेकोले विशेष योजना थाती राखेर नियमित कर्ममा ध्यान लागाउनु उचित होला । चोरी वा ठगीमा परिने सम्भावना छ, सजगताको दरकार छ । आर्थिक कारोबार गर्दा निकै नै सचेत रहनुहोला । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । साझेदारीमा जोखिम बढ्नेछ । स्वास्थ्य केही कमजोर रहनेछ ।

मिथुन – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । विभिन्न सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । भौतिक साधन जुट्नुका साथै आयआर्जनको स्रोत वृद्धि होला । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – आजको दिन सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ । आर्थिक व्यवहारमा सजग रहनु उचित हुनेछ । विगतका समस्या बल्झिन सक्नेतर्फ सचेत रहनुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

सिंह – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने योग छ । प्रतिस्पर्धामा विजयी भइनेछ भने रमाइलो यात्राको सम्भावना छ । प्रेमभावका साथै दामपत्यसुख बढ्नेछ । रसरागका क्रियाकलापमा आकर्षण रहनेछ । रचनात्मक तथा कलात्मक काममा विशेष सफलता मिल्नेछ ।

कन्या – दिन शुभदायी छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । दाम, इनाम र प्रतिष्ठा आर्जन गरी आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिएला । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । साथीभाइको विशेष सहयोग प्राप्त हुने देखिन्छ । कार्यगति बढ्नेछ ।

तुला – अनुकूलता वृद्धि हुने र रोकिएको काममा सफलता मिल्ने समय छ । विशेष योजनामा मित्रजनको सहयोग प्राप्त हुनेछ । मेहनतले आम्दानी बढाउन सक्छ । आयआर्जनका स्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । साझेदारीमा पनि राम्रै फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृश्चिक – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने देखिन्छ । व्यापारमा पनि राम्रै फाइदा हुने योग छ । प्रयत्न गर्दा कीर्तिमानी काम गर्न सकिएला । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर हुनेछ । आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । बौद्धिकता र रचनात्मकता बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ ।

धनु – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको इष्र्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्छन् । भ्रमणमा आकर्षण बढ्नेछ भने यात्रागत कार्य सार्थक रहनेछ ।

मकर – दिन उत्साहवर्द्धक रहला । व्यवहारले नयाँ ज्ञान दिलाउन सक्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ने देखिन्छ । श्रमको उचित मूल्यांकन हुनुका साथै पढाइलेखाइमा मन जाला । खर्च केही बढेपनि रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । आरोग्यता रहनेछ । प्रेमभाव वृद्धि हुनेछ ।

कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ भने अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन देखिन्छ । प्रतिकुलताका बाबजुद सामथ्र्य बढ्नेछ ।

मीन – ब्यक्तिगत रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने मित्रजन, सन्तान वा अनुयायी अनि मातृशक्तिको सल्लाह–सहयोगले विशेष फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछ । व्यवसायमा लाग्नेहरूलाई लाभको बेला छ । लगानी वा खर्च भने केही बढ्ने योग छ । साझेदारीको काम बन्नेछ ।