वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोलाअगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा ६५ वर्षीय एक जनाको मृत्यु भएको छ । झगडाका क्रममा केपी चन्द राउत बरईको मृत्यु भएको हो ।
पार्किङको विषयमा कुटपिट हुँदा गम्भीर घाइते भएका बरईको उपचारको क्रममा वीरगञ्जको तराई अस्पतालमा निधन भएको पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।
बरईमाथि कुटपिटमा संलग्न रहेको भन्दै पर्सा प्रहरीले वीरगञ्ज महानगर-२३ प्रसौनी बस्ने ३२ वर्षका मुन्ना भन्ने अर्जुन यादवलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया