✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४६ सिद्धार्थीनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८२ माघ २६ गते तद्अनुसार सन् २०२६ फरवरी ९ तारिख सोमबार फाल्गुन कृष्ण अष्टमी तिथि विशाखा नक्षत्र वृद्धि योग बालव करण आनन्दादिमा मित्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः४८ मा र सूर्यास्त साँझ १७ः४९ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।
आजको राशिफल
मेष – खर्च केही बढ्ने र घरायसी समस्याले सताउनसक्ने समय छ । तथापि, आत्मविश्वास उच्च रहनाले कार्यमा सफलता मिल्ने देखिन्छ । सकारात्मक कार्यमा भएको खर्चले सन्तुष्टि दिलाउला । मित्रजनको साथ रहनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सावधानी अपनाउनुहोला । कर्मबल बढ्नेछ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – आजको दिन सोचेअनुसारको सफलताप्राप्तिमा केही व्यवधान आइपर्ने देखिन्छ । मित्रजनबाट साथ–सम्मान पाइए पनि नोकरीमा अपजस आउने योग छ, सजग रही कार्य-व्यवहार गर्नु हितकर हुनेछ । नियमित कार्यमा आवश्यक जाँगर नचल्दा कामहरू अधूरै रहने सम्भावना छ । मान-सम्मानमा आघात पर्ने देखिन्छ, सजग रहनुहोला । नयाँ कामको सुरुवात गर्दै हुनुहुन्छ भने आजको लागि थाती राख्नु उचित हुनेछ । रसरागमा आकर्षण रहला । खेलकुद एवम् भ्रमणमा रुचि बढ्नेछ ।
मिथुन – ब्यस्तता बढ्ने र व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि सम्पन्न हुने दिन छ । नयाँ काममा मन जाने देखिन्छ । अरुलाई गरेको बाचा पूरा हुनेछ । मित्र एवम् आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
कर्कट – चुनौती केही बढ्ने समय छ । सुख-सुविधाबाट टाढा रहनुपर्ला । विशेष परिणामको आशाका साथ गरिएको काममा खासै सफलता नमिल्ने योग छ । अनावश्यक ठाउँमा धनको नाश हुनसक्छ । स्वास्थ्य केही कमजोर रहनाले सावधानी अपनाउनु उचित हुनेछ । यात्राका क्रममा विशेष सावधानी अपनाउनुहोला । पीडा दिनेहरु सक्रिय रहन सक्छन, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।
सिंह – सामाजिक काममा नेतृत्वदायी भूमिकामा खट्नुपर्ने समय छ । मान-प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । मनमा शान्ति मिल्नुका साथै बौद्धिक कार्यहरू सफल हुनेछन् । पढाइलेखाइमा प्रगति होला । चल-अचल सम्पत्तिको कारोवार हुने सम्भावना छ । आरोग्यबलका साथै पराक्रम बढ्नेछ । रसरागको भाव वृद्धि होला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति बढ्नुका साथै गर्न लागेको विशेष कार्यमा सफलत मिल्नेछ ।
कन्या – आत्मविश्वास तथा पराक्रम वृद्धि भइ धनलाभ हुने समय छ । आँटे-गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिकलाभ मिल्नाले मन हर्षित हुने देखिन्छ । विशेष योजना कार्यान्वयनको सवालमा पनि अनुकुल समय छ । काम पूरा गरेरै छाड्ने अठोट गर्दा कठिन कार्य पनि सफल हुनेछ । व्यापार-व्यवसायमा उन्नति हुनेछ । मनोरञ्जनको समय रहेको छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
तुला – आजको दिन केही चुनौती बढ्ला । कतै विवाद तथा झैझगडाको सम्भावना रहेकाले विशेष सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । हातहतियारबाट जोगिन पनि सचेतना अपनाउनुपर्ने देखिन्छ । आर्थिक पक्ष ठिकै भए पनि अनावश्यक वादविवादमा परिएला । साझेदारसँग संयमतापूर्वक व्यवहार गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, संयमताको खाँचो छ । चुनौतीका बाबजुद शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक – पराक्रम वृद्धिका साथै काममा साथीभाइको सहयोग प्राप्त हुने समय छ । तपाईंप्रति अरुको विश्वास बढ्नेछ । प्रेममा सुखद मिलनको अनुभव हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा फाइदा उठाउन सकिनेछ । कामको सिलसिलामा यात्राको योग छ । यात्राबाट धनको लाभ पनि हुने देखिन्छ । मान महत्व र पराक्रम बढ्नाले समस्याको समाधान मिल्नेछ ।
धनु – शुभदायी र नयाँ काम सुरु गर्ने समय छ । भाग्यले साथ दिनाले आर्थिक लाभ हुनुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक भइएला । प्रेम प्रसंगमा रमाइनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । व्यापारमा राम्रै धनलाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने योग परेको छ । सन्तानसुख वृद्धि होला । दाम्पत्यसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
मकर – सुखदायी दिन छ । अधुरा कार्यमा सफलता मिल्नुका साथै नयाँ काम गर्नमा जाँगर वृद्धि होला । आँटेका कामहरू सजिलै पूरा हुने देखिन्छ । आर्थिक लाभ मिल्ने खालको समय छ । सहयोगीहरूबाट साथ–समर्थन पाइएला । आवश्यक ठाउँमा बुद्धिविवेकको सही प्रयोग हुनेछ । रोकिएका काम मिहिनेतले सम्पन्न हुने योग छ । सामथ्र्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । खर्च केही बढेपनि सुख-सुविधा प्रािप्तले सन्तोष दिलाउला ।
कुम्भ – काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्ने समय रहेकोले सावधानी अपनाउनुहोला । खर्च बढ्ने साथै मनमा दुविधा रहने देखिन्छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ, खानपानलगायतका विधि-व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । व्यक्तिगत काममा समय र धन खर्च हुने देखिन्छ । विशेष योजनामा बिघ्नबाधा उपस्थित हुन सक्छन् । भौतिक साधनको क्षति हुनसक्ने योग छ । बौद्धिक एवम् रचनात्मक कार्य बन्नेछ ।
मीन – रचनात्मक काममा जुट्ने समय छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । आयआर्जन बढ्नाले मन प्रशन्न रहला । सन्तान पक्षबाट पनि सुखको समाचार आउला । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । प्रेमभावका साथै आँट वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया