अहिले विश्वभर सरकारविरुद्ध आवाज उठाउने, अराजकता फैलाउने र तख्तापलट गर्ने प्रवृत्ति तीव्र बनेको छ। श्रीलङ्का, बाङ्लादेश, नेपाल, भेनेजुएला, इरान – यी सबैमा सत्ता परिवर्तनको लहर देखिन्छ । जीन शार्पले सरकार गिराउने १९८ तरिका किताबमा लेखेका छन् । यो किताब ३० भाषामा छापिएको छ, उद्देश्य स्पष्ट छ- हरेक देशका युवा र कार्यकर्ताले पढेर आफ्नै सरकारलाई ढाल्न सिकून् ।
✍ सिद्धार्थ गौतम
आज संसारका अनेकौँ देशमा देखिएको विद्रोहमार्फत आकस्मिक रुपले सत्ता-परिवर्तन घटनाका निम्ति मूलतः अमेरिकी नेतृत्वको आलोचना गर्ने गरिएको छ । अर्थात्, हामी अमेरिकालाई दोष दिन्छौं । वास्तवमा अमेरिकाको काँधमा बन्दुक राखेर गोली चलाउने अरु नै हुन् । ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नारा सुन्दा ठूलो प्रश्न उठ्छ- अमेरिका बर्बाद कसले गर्यो ? दोस्रो विश्वयुद्धपछि यूरोपमा ठूलो अस्थिरता र भूकम्प मच्चियो । त्यहाँका धनी इलिटहरू, जसलाई युद्ध र अशान्तिले थकाएको थियो, अमेरिका सरे । अमेरिका उनीहरूका लागि सुरक्षित आश्रय थियो- चारैतिर समुद्रले घेरिएको, बोर्डर विवाद नभएको, शान्त ठाउँ । त्यहाँबाट उनीहरूले दुनियालाई आफ्नो नियम र ‘डिल’अनुसार चलाउने योजना बनाए ।
ब्ल्याक रक र भ्यानगार्ड जस्ता संस्थाहरूको कुल धन १५ देखि २० ट्रिलियन डलर पुगिसकेको छ । यो रकम भारत जस्तो विश्वको टप फोर अर्थतन्त्र भएको देशको तीन/चार गुणा बढी हो । यी संस्थाहरू फोर्टुन ५०० को सूचीमा पनि नाम आउँदैनन्, किनकि तिनीहरूको इन्वेस्टमेन्ट मोडल फरक छ । यिनीहरूलाई आफ्नो छवि, ब्रान्ड वा नैतिकतासँग कुनै सरोकार छैन । उनीहरूले देशहरू नै बेचिदिन्छन्, राष्ट्रहरूलाई दास बनाउँछन् ।
प्लासीको युद्ध कसले जितेको थियो ? कुनै सेनाले होइन- बहुराष्ट्रिय कर्पोरेसनले । दुनियाको पहिलो बहुराष्ट्रिय कम्पनी इस्ट इन्डिया कम्पनी थियो, जसले भारतलाई करिब १०० वर्षसम्म प्रत्यक्ष नियन्त्रणमा राख्यो । आज पनि उही खेल दोहोरिरहेको छ । जोमाटो, अदानी वा अम्बानी जस्ता कम्पनीहरूमा आरोप लाग्छ, तर अमेजन जस्ता ठूला ग्लोबल कर्पोरेसनहरूमा कहिल्यै लाग्दैन । यदि कसैले महिनौं वा छोटो समयमा सय वर्षको धन कमाउन चाहन्छ भने युद्ध उत्पादन गर्नुपर्छ । युद्धबाट हतियार बिक्री हुन्छ, विनाशपछि पुनर्निर्माणका ठूला-ठूला पूर्वाधार परियोजनाका ठेक्का मिल्छन् । एउटा सानो देशको वार्षिक बजेट जत्रो रकम एउटै हतियार डिलमा खर्च हुन्छ ।
अहिले विश्वभर सरकारविरुद्ध आवाज उठाउने, अराजकता फैलाउने र तख्तापलट गर्ने प्रवृत्ति तीव्र बनेको छ। श्रीलङ्का, बाङ्लादेश, नेपाल, भेनेजुएला, इरान – यी सबैमा सत्ता परिवर्तनको लहर देखिन्छ । जीन शार्पले सरकार गिराउने १९८ तरिका किताबमा लेखेका छन् । यो किताब ३० भाषामा छापिएको छ, उद्देश्य स्पष्ट छ- हरेक देशका युवा र कार्यकर्ताले पढेर आफ्नै सरकारलाई ढाल्न सिकून् ।
इरानको मुद्दालाई धेरैले रेडिकल इस्लामसँग जोड्छन्, तर सत्य अर्कै छ । अफगानिस्तानमा सोभियत सेना प्रवेश भएपछि मार्गरेट थेचरले अमेरिकामा भनेकी थिइन्- ‘रेडिकल इस्लामलाई हाम्रो आधिकारिक नीति बनाउनुपर्छ, मिडिल ईस्टको राष्ट्रवादलाई काउन्टर गर्न मुस्लिम ब्रदरहुडलाई अगाडि ल्याउनुपर्छ ।’ यदि सबै एकजुट भए भने ? पुरानो उपकरण छ- शिया र सुन्नीबीचको विभाजन । अफगानिस्तानबाट अमेरिका २० वर्षपछि हतियार छोडेर किन हिँड्यो ? किनकि अब अमेरिकाको नेतृत्वमा एक बिजनेसम्यान आएका छन्, जसले यो पुरानो खेल बुझेका छन् ।
रिजीम चेन्ज भनेको सरकारको वैधता समाप्त गर्नु, जनताको मनमा सरकारप्रति अविश्वास पैदा गर्नु र अराजकता फैलाउनु हो । यो चुनावबाट हुँदैन- बाहिरबाट प्लान हुन्छ । हरेक समाजमा केही न केही कमजोरी हुन्छ । त्यसलाई ठूलो बनाएर क्रोध र असन्तुष्टि जगाइन्छ । पहिले युद्धबाट रिसोर्स, ट्रेड रुट र पैसा नियन्त्रण हुन्थ्यो । अब युद्ध कम भए पनि रिजीम चेन्जबाट त्यही लक्ष्य पूरा हुन्छ- पैसा, नीति र व्यापार नियन्त्रण । यदि कुनै सभ्यता वा देशले सफल वैकल्पिक मोडल प्रस्तुत गर्यो भने पुरानो हैजेमनी तोडिन्छ । यसैले कम्युनिज्मविरुद्ध अमेरिका सधैं लडिरह्यो । सफल मोडल बढ्न दिइन्न ।
चाइनाले ४० वर्ष मेहनत गरेर ३ ट्रिलियन कमायो, अमेरिकाले २ वर्षमा १३ ट्रिलियन छाप्यो । अब डीडोलराइजेसन सुरु भएको छ – रेडिकलिज्म घट्नेछ, मिशनरी काम कम हुनेछ, मल्टिपोलर विश्व बन्नेछ ।
युद्धबाट पैसा कसरी बन्छ भन्ने उदाहरण वाटरलू युद्ध हो । रोथचाइल्ड परिवारले दुवै पक्ष (फ्रान्स र ब्रिटेन) लाई फाइनान्स गरे । एक पक्ष हारिरहेको खबर फैलाए, ब्रिटेनका सरकारी बन्ड्स सस्तोमा किने । ब्रिटेन जितेपछि बन्डको मूल्य आकाशियो- ठूलो नाफा । प्लासीमा पनि इस्ट इन्डिया कम्पनीले यही खेल खेल्यो । इलिटहरू सधैं रहन्छन्, सरकारहरू आउँछन्-जान्छन् । मार्क्सिज्मदेखि कल्चरल मार्क्सिज्मसम्म – यी सबैलाई कैपिटलिस्टहरूले नै फन्ड गरेका थिए ।
विश्वयुद्धपछि यूरोपका धनीहरू अमेरिका सरे । त्यहाँ बोर्डर विवाद थिएन, शान्ति थियो । अमेरिका र ब्रिटेनलाई कर्पोरेसनहरूले नै चलाउँछन् । ट्रम्पले यो बुझेका छन्, त्यसैले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्छन् । उनीहरूको लागि अमेरिका पनि एउटा उपकरण मात्र हो, देश होइन ।
आयलको खोजपछि सबैको नजर मिडिल इस्टमा गयो । समृद्धि आएपछि नेटिभहरूले बढी हिस्सा मागे । राष्ट्रवाद रोक्न रेडिकल इस्लामलाई प्रयोग गरियो । अयातुल्लाह खोमेनीलाई अमेरिकाले सपोर्ट गर्यो। सद्दाम हुसैन र गद्दाफी जस्ता डिक्टेटर स्थापित गरे, तर उनीहरूले डलरबाहिरको विकल्प खोज्न थालेपछि हटाइयो । ओसामा बिन लादेन पनि यही प्रोजेक्टको उत्पादन हुन् । अफगानिस्तानबाट अमेरिका हिँडेर हतियार छोड्यो – ताकि रेडिकलिज्म जीवित रहोस् । इरान अब चाइनाको प्रॉक्सी बन्दैछ । अमेरिका थकिसक्यो, डलर कमजोर भइरहेको छ ।
डलरलाई विश्व करेंसी बनाउन कन्फ्लिक्ट जोनहरू (इन्डिया-पाकिस्तान, इजराइल-प्यालेस्टाइन, ताइवान-चाइना) बनाइएका थिए । हतियार डलरमै किन्नुपर्छ, जसले डलरको माग बढाउँछ । १९७१ मा गोल्डबाट डलर अलग गरेपछि अनलिमिटेड छाप्न सकियो । चाइनाले ४० वर्ष मेहनत गरेर ३ ट्रिलियन कमायो, अमेरिकाले २ वर्षमा १३ ट्रिलियन छाप्यो । अब डीडोलराइजेसन सुरु भएको छ – रेडिकलिज्म घट्नेछ, मिशनरी काम कम हुनेछ, मल्टिपोलर विश्व बन्नेछ ।
भारतमा पनि यो खेल चलिरहेको छ। इन्डियन ओसन भारतको नियन्त्रणमा छ । पार्टीशन ट्रेड रुट तोड्न गरिएको थियो । भारतलाई शान्त रहन दिइन्न, किनकि सफल मोडल दियो भने पुरानो हैजेमनी तोडिन्छ । पहिले टप-डाउन तरिका (लाल बहादुर शास्त्रीको हत्या), अब बटम-अप । जीन शार्पका १९८ तरिका प्रयोग हुन्छन्- नैरेटिभ बिल्ड गर्ने, संस्थानहरूको वैधता तोड्ने, जनतामा अविश्वास फैलाउने । अरब स्प्रिङ यसैबाट भयो । भारतमा अवार्ड वापसी, टूलकिट, इन्डिया अगेंस्ट करप्शन जस्ता अभियानहरू यही मोडलका हुन् ।
एआई र डाटाको युगमा पनि खेल उही छ । डाटा नयाँ आयल हो । एनर्जी (लिथियम, कोबाल्ट) सिक्योर गर्न लडाइँ छ । डिपोपुलेसन एजेन्डा चलिरहेको छ । वर्ल्ड इकोनोमिक फोरम ट्रांस ह्युमनिज्मलाई प्रोत्साहन गर्छ । कृषि, स्वास्थ्य आदिमा प्रोफिटको खेल छ । वोकिज्म र जेन्डर मूभमेन्ट पनि मेडिकल ट्रायलका साइड इफेक्ट लुकाउन प्रयोग भएका छन् ।
अन्त्यमा, डेमोक्रेसी, ह्युमन राइट्स, पर्यावरण जस्ता कुराहरू ‘विचार’ होइनन्, यी धन-सम्पत्ति कमाउने साधन हुन् । पैसाले नै सबथोक निर्देशन/निर्धारण गर्छ । डीडोलराइजेसनले गोल्ड-बेस्ड स्थिरता फर्काउँछ, जसमा भारतको ठूलो हिस्सा छ । इलिटहरूले खेल खेलिरहन्छन्, जस्तै- रोमका ग्ल्याडिएटरहरूले जनतालाई मनोरञ्जन दिएर शक्ति कायम राखे । आज पनि उही कुरा दोहोरिरहेको छ- देशहरूबीच लडाइँ गराएर, समाजलाई विभाजित गरेर, पैसा र नियन्त्रण कायम राखिँदै छ ।
यो खेल बुझ्नु आवश्यक छ, किनकि यो हाम्रो भविष्यसँग जोडिएको छ ।
प्रतिक्रिया